कतारमा नेपाली राजदुतावासको सूचना सार्वजनिक स्थालमा कानुन विपरित कार्य नगर्नु

भोला थापा क्षेत्री २०७७ असोज ८ गते १२:२२ मा प्रकाशित

दोहा । विगत केही साता यता कतारको मुख्य आर्कषण रहेको कर्नेशमा नेपालीहरु भेला भई गरेको अमर्यादित उच्छीखंल र झै-झगडा प्रति कतार स्थीत नेपाली राजदुतावासको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाली राजदुतावास कतारले हिजो एक सूचना सार्वजनिक गर्दै कतारमा रोजगारी मार्फत जीवीको पार्जन तथा जीवनस्तरमा सुधार ल्याउने आफ्नो मुख्य लक्ष्यबाट विचलित भई सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गर्ने, बेचबिखन गर्ने, होहल्ला तथा झै झगडा गर्ने जस्ता अमर्यादित क्रियाकलपमा संलग्न हुनेले स्वयंले स्थानिय कानून बमोजीम कारवाईको भागीदार हुनु पर्ने बताएको छ ।

यस्तो कार्यले समस्त नेपाली समाज र नेपाल राष्ट्रकै प्रतिष्ठा र मर्यादामा गम्भीर आँच पुर्याउनुका साथै कतारमा रहेका अन्य समुदायका बीचमा नेपाली समुदायको छविमा समेत नकारात्मक सन्देश प्रवाहित हुने दुतावासद्वारा जारी सूचनामा छ । ।

पढ्नुहोस दुतवासले २३ सेप्टेम्बर मा सार्वजनिक गरेको सूचना

प्रतिक्रिया