क्यानेडियन नेवाः गुठीको १५ औँ स्थापना दिबस बिबिध कार्यक्रम सहित सम्पन्न

इनेप्लिज २०७७ असोज ७ गते २१:२५ मा प्रकाशित

 

टोरोन्टो, क्यानेडियन नेवाः गुठीको १५ औँ स्थापना दिबस जूम प्रबिधि माध्यम बाट बिबिध कार्यक्रम सहित सम्पन्न गरियो।सो कार्यक्रमको गुठीका अध्यक्ष प्रकाश प्रधानले कलात्मक नेवा पानसमा दीप प्रज्वलन गरि उद्घाटन गर्नु भयो।उदघाटन पस्चात बोल्नु हुदै उहांले गुठी लाई आजको यस अबस्था सम्म ल्याउन सहयोग गर्नु हुने सबै लाई हार्दिक धन्यबाद ब्यक्त गर्नु भयो।स्वागत मन्तब्य दिनु हुदै गुठीका महा सचिब बिमल श्रेष्ठले गुठीको स्थापना काल देखिको बिबरण प्रस्तुत गर्नु भयो भने संस्थागत बिकासको लागि जोड दिनु भयो।

कार्यक्रममा अमेरिका बाट शुभकामना मन्तब्य ब्यक्त गर्नु हुन्दै वर्ल्ड नेवाःअर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले गुठीका कार्यक्रमहरु नेवाः सम्पदा संरक्षण कदममा सराहनिय भएको र भाबि पुस्ताकोलागि पनि कार्यक्रमको गर्न अनुरोध गर्नु भयो।अर्का बक्ता ब्रोक बिस्वबिद्यालका प्रा. डा. टम ओ नीलले कला संस्कॄतिका धनि नेवाः समुदाय तथा गुठी संग सहकार्य गर्न पाउँदा आफुलाई गर्ब लागेको बताउनु भयो।नेपाल बाट सहभागिता जनाउनु हुदै लुम्बिनि बिस्वबिद्यालयका पूर्ब उप कूलपति प्रा.डा.नरेश मान बज्राचार्यले जीबन उद्देश्य साकार पार्न संस्कॄतिको जगेर्ना गरि राख्नु पर्छ भन्नु भयो भने सस्कॄति बिनाको भौतिक तथा प्राज्ञिक बैभबता महत्वहीन हुन्छ भन्नु भयो।अर्का बक्ता टोरोन्टो बिस्वबिद्यालयमा नेवाः बौद्द धर्ममा पिएच.डी.गर्दै आउनु भएका ईएन टर्नरले गुठी संग कार्य गर्न पाउँदा आफूलाई खुसी लागेको र आफ्नो अनुसन्धानमा पनि धेरै सहयोग भएको बताउनु भयो ।

कार्यक्रममा ” बर्तमान परिप्रेक्षमा नेवाः सम्पदाको समसामयिकता” बिषयमा गुठीका उपाध्यक्ष उत्तम माकजुले प्रकॄति,समुदाय तथा दिगोपना संग एकदम नजिकको तादात्म्यता रहेको नेवाः संस्कॄति संरक्षण गर्नु हामी सबैको जिम्मेवारी रहेको बताउनु हुदै यसको मह्त्व बुझाउन सक्नु पर्छ भन्नु भयो ।” युवा पुस्तामा शीप हस्तान्तरणको आबश्यकता ” बारे बोल्नु हुदै गुठीका सचिब डा.प्रज्वल प्रधानले शीप हस्तान्तरण प्रक्रिया युवा पुस्ताको रुचि हुने खालको भएमा मात्र सफल हुने बताउनु भयो।साथै उहांले यस कार्यमा सहजिकरण बिधि बाट पनि उद्देश्य प्राप्त गर्न सकिने बताउनु भयो।कार्यक्रममा गुठीका संस्थापकहरु महेश प्रधान र प्रदीप श्रेष्ठले गुठीको कार्य प्रगति प्रति आफूहरुलाई खुसी लागेको बताउनु भयो ।

सोहि कार्यक्रममा गुठी द्वारा तयार पारिएको “क्यानडामा नेवाः सम्पदाको १५ बर्षे सांस्कॄतिक यात्रा” प्रतिबेदन गुठीका अध्यक्ष प्रकाश प्रधानले सार्बजनिक गर्नु भयो। ततपस्चात प्रतिबेदन तयारि समितिका संयोजक एबम कार्य समिति सदश्य डा रिन्जन श्रेष्ठले गुठीका सुरुदेखिका कार्यक्रमहरुलाई गर्भाबस्था, नव प्रबर्तन तथा कार्यान्वयन गरि तीन समुहमा बर्गिकरण गरि तयार पारिएको जानकारि दिनु भयो।त्यसै गरि कोषाध्यक्ष नरेश ताम्राकारले गुठीको आर्थिक प्रतिबेदन जानकारिको लागि पेश गर्नु भयो भने जन सम्पर्क संयोजक सुमन राजबन्सीले सहभागि सबैलाई धन्यबाद ब्यक्त गर्नु भयो।

कार्यक्रमको शुरुमा रंजना सैँजु र अमर सैँजुले सितार तथा मुर्चुन्गामा मंगल धून तथा सुरेन्द्र श्रेष्ठ ,उत्तम माकजुले धिमे बाजा तथा स्वागत गीत प्रस्तुत गरेका थिए ।गुठीको १५औँ बार्षिकोत्सबको औपचारिक कार्यक्र्म पछिको सास्कॄतिक कार्यक्रममा अमॄत श्रेष्ठ, प्रज्वल प्रधान,बिमल श्रेष्ठ,नरेश तथा मौसमि ताम्राकारले नेवाः गीतहरु प्रस्तुत गरे भने युवा समुहका संयोजक आयुश्ना श्रेष्ठ र मौसमि ताम्राकारले नेवा सम्पदा तथा गुठी सम्बन्धि कबिता बाचन गरेका थिए।कार्यक्रमलाई मनोरन्जक पार्न नेवा सम्पदा,भाषा र गुथि बिषयक हाजिरी जवाफ कार्यक्रम पनि संचालन गरिएको थियो । गुठीको १५ औँ स्थापना दिबस भब्यताका साथ मनाउने निर्णय भयता पनि बिस्व भरि फैलिएको कोविद-१९ रोगले गर्दा भर्च्युल रुपमा मनाउन परेकोगुठी का पदाधिकारीहरुले जनाए ।

प्रतिक्रिया