धन्य नेताहरू

आनन्द भण्डारी २०७७ असोज ६ गते २२:४६ मा प्रकाशित

सुन्ने पनि छैनन कोहि बोल्ने मात्र भए
बोल्नेहरु बोल्ने सङै सति मात्र गए!!
सपनाले घाँटी पुरियो बिपनामा शून्य
नेपालको प्रजातन्त्र नेताहरु धन्य!!
बोल्यो नेता बोल्यो नेता
थपडिको तालमा
एउटै बाजा बजाइ रहन्छ
जनताको खालमा!!
हारी सके जनताहरु
नेताहरु जिते
प्रजातन्त्र बोल्दा बोल्दै
देशै पनि बेचे!!
कोहि झन्डा जलाउछन
कोहि नारा लगाउछन
भ्रष्ट नेता भ्रष्ट मन्त्रि
आदेश मात्र चलाउछन
भइ सक्यो देश खोक्रो
चिल्ला गफ उडाउछ्न
दिने पिच्छे नक्शा फेर्छन
जनता बेबकुफ बनाउछन
मारी जनता भोकै भोकै
राज मात्र चलाउछन
बुध्द देश अहिंसाको
जाती हिंसा मच्चाउछन
कानुन आफु मिच्दै गर्छन
जनता बैरी भनाउछन
भ्रस्टहरुको झुण्ड भित्र
दृष्टि दोष बताउछन
अराजकको बेदी राखी
देशलाइ बलि चढाउछन
झुकी सक्यो शिर हाम्रो सगरमाथा देश
हिंसा भित्र हुर्किरहेछ हाम्रो सुन्दर देश
लुटी सक्यो लाज हाम्रो भृकुटीको देश
राम राज्य नारा भित्र ब्रम्हलुट देश
श्रमजिविको रगतमा
कति खेल्छौ होलि
आउ जनता जागौ अब
खेल्न नदिउ होलि!!
स्वाभिमानको झण्डा उठाइ
देशको रक्षा गरौ
मर्न परे बलिदानी
शिर उठाइ मरौ!!

प्रतिक्रिया