कोरोनाको कारणले अफ्रिकामा नेपालीको मृत्यु

इनेप्लिज २०७७ असोज ६ गते ११:१३ मा प्रकाशित

अफ्रिकी मुलुक युगान्डाको कम्पालामा बस्दै आएका एक नेपाली युवाको कोरोना संक्रमणका कारण निधन भएको छ । उनि विगत १४ वर्ष देखि युगान्डामा बस्दै आएका थिए ।

४७ बर्षिय पर्वत घर भएका यजेंद्र (अर्जुन) प्रताप सेन ठकुरीको कोरोना संक्रमणका कारण मृत्यु भएको एनआरएनए भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले सामाजिक संजालमार्फत जानकारी दिएका छन् ।

थापाले मृतकप्रति हार्दिक श्रद्दान्जली व्यक्त गर्दै शोक संतप्त परिवारमा हार्दिक समवेदना व्यक्त गरेका छन् । कोरोना संक्रमणबाट मृत्यु हुने उनि दोस्रो व्यक्ति हुन् ।

यसघि पनि अफ्रिकाको जोहान्सबर्गमा पाँचथर घर भएका ३४ वर्षीय नियालसन बोखिम लिम्बुको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

युगान्डामा कोरोना संक्रमणका कारण हालसम्म ६३ जनाको ज्यान गैसकेको छ । यसैगरी पछिल्लो तथ्याँक अनुसार युगान्डामा कुल संक्रमितको संख्या ६ हजार ४ सय ६८ रहेको वर्ल्डओमिटरको तथ्याँकमा उल्लेख छ ।

प्रतिक्रिया