एनआरएनए स्वास्थ्य बहसः डाक्टरहरु भन्छन्— विदेशमा रहेपनि नेपाल र नेपालीको सेवामा खटिएका छौँ

इनेप्लिज २०७७ असोज ५ गते ११:१४ मा प्रकाशित

लण्डन । गैर आवासीय अन्तराष्ट्रिय समन्वय परिषदको दोस्रो विश्व स्वास्थ्य सम्मेलनको तेस्रो अर्थात अन्तिम दिन आयोजना गरिएको ‘रेजनल हेल्थ टिम एण्ड देअर रोल्स’ विषयक भर्चुअल अन्तरक्रियात्मक कार्यक्रममा विश्वका विभिन्न मुलुकमा कार्यरत डाक्टरहरुले आफ्नो धारणा राख्नु भएको छ।

उक्त कार्यक्रममार्फत डाक्टरहरुले आफू विश्वका जुनसुकै मुलुकमा रहेता पनि नेपाल तथा नेपालीहरुका लागि सक्दो सहयोग पुर्याएको बताउनु भएको हो ।कार्यक्रममा बोल्दै डा. बोधा सुवेदी (युरोप हेल्थ टिम) ले युरोपमा सिकेको सीप तथा ज्ञानको प्रयोग नेपालमा कसरी गर्ने भनेर युरोपमा हेल्थ टिम गठन गरिएको बताउनु भयो।

‘हामीले युरोपमा भएका विभिन्न स्वास्थ्यकर्मीहरु लाई समेटेर अगाडी बढेका छौँ।यहाँ सिकेका ज्ञानलाई नेपालमा कसरी प्रयोग गर्न सकिन्छ भनेर हामीले स्वास्थ्य टिम गठन गरेका थियौँ’ उहाँले भन्नुभयो।

फेशबुक,जुम लगायत माध्यमबाट पनि संसारभरका नेपालीहरुलाई आफूहरुले सक्दो सहयोग पुर्याएको तथा सचेतनाका कार्यक्रमहरु उर्जागर गरेको उहाँको भनाई थियो।कार्यक्रममा बोल्दै डा. नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम) ले मध्यपूर्वका मुलुकहरु साउदी,कतार,युएई,कुवेत लगायत मुलुकमा नेपाली स्वास्थ्यकर्मीहरुको संख्या एकदमै कम रहेको बताउनु भयो।

यी मुलुकहरुमा नेपालीको संख्या बढी भएको तर स्वास्थ्यकर्मीहरुको संख्या कम हुनु दुःखद् भएको उहाँको भनाई थियो ।खाडीमा रहेका अधिकांश नेपाली श्रमिकहरुमा चेतनाको अभाव हुँदा पनि कोरोना नबुझ्ने हुँदा डराउने, आत्तिने समस्या भएको उहाँले उल्लेख गर्नुभयो।

आफूले सक्दो रुपमा नेपालीहरुलाई सचेतना तथा परामर्शका कार्यक्रमहरु गरेको जानकारी दिनुभयो।त्यसैगरी डा. एलिनी पोख्रेल (पोल्याण्ड) ले समयमा नै एनआरएनएको उच्चस्तरीय समितिको निर्देशनअनुसार आफूसहित युरोपमा रहेका स्वास्थ्यकर्मीहरुले कोरोना भाइरससँग लड्न र नेपालीहरुलाई सहयोग गर्न उल्लेख्य भूमिका खेलेको बताउनु भयो।

उक्त भर्चुअल कार्यक्रममा डा.सरिता भट्टराई (अफ्रिकन हेल्थ टिम),डा.बोधा सुवेदी (युरोप हेल्थ टिम),डा.नितेश अर्याल (मध्यपूर्व हेल्थ टिम),डा.भुपेश खड्का( अमेरिका),डा.रमेश खोजु ( युके),डा. भुपेन्द्र बस्नेत,डा. पुनम पन्त (अस्ट्रेलिया),डा.एलिनी पोख्रेल (पोल्याण),डा सुनिल शाह (युके) लगायतले आफ्नो धारणा राख्नु भएको थियो।अधिकांशले आफू विश्वका जुनसुकै मुलुकमा भए पनि नेपाल र नेपालीहरुलाई साथ र सहयोग पुर्याउने प्रतिबद्धता जनाउनु भएको थियो ।त्यस्तै अस्ट्रेलियाबाट एनएमडिएकी प्रतिनिधि पुनम पन्तले समेत आफ्नो धारणा राख्नु भएको थियो ।उक्त कार्यक्रमको संयोजन स्वास्थ्य समितिका अध्यक्ष डा. संजिव सापकोटा र डा. कुश श्रेष्ठले गर्नु भएको थियो ।

महामारीमा नर्सहरुको अनुभव

दोस्रो विश्व स्वास्थ्य सम्मेलनका अवसरमा आइतबार आयोजित ‘कोरोना महामारीमा नर्सहरुको भूमिका’ विषयक कार्यक्रममा नेपाल लगायत विश्वका विभिन्न मुलुकमा फ्रन्ट लाइनमा खटिएर काम गर्नुभएका स्वास्थ्यकर्मीहरुले आफ्नो अनुभव साटासाट गर्नु भएको छ।महामारीमा पनि आफूहरु सक्रिय भएर निर्डर रुपमा संक्रमितहरुको हेरचाह गरको उल्लेख गर्नुभएको हो।

त्यस्तै संक्रमितहरुको मनोबल बढाउन समेत आफूहरुले सक्रिय भूमिका निर्वाह गरको उहाँहरुको धारणा थियो।महामारीसँग जुध्न थुप्रै चुनौती रहे पनि चुनौतीका बीच आफूहरुले सक्दो रुपमा सहयोग पुर्याएको उहाँहरुले उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल नर्सिङ एशोसिएसनकी अध्यक्ष मनाकुमारी राइ, अन्जु बञ्जाडे –युएसए),डा.तारा शाह, दुर्गालक्ष्मी श्रेष्ठ,सरस्वती शाह,सुन्दरी लामा,गंगा खनाल, लिलानाथ पाण्डे,सावित्रि रानाभाट, मनिता मालाकार (अस्ट्रेलिया),विनोद विकास सिम्खडा,कल्पना घिमिरे,लगायतले आफ्नो धारणा राख्नु भएको थियो।एनआरएनए महिला कोअर्डिनेटर भोमादेवी लिम्बुले समेत आफ्नो धारणा राख्नु भएको थियो।

पसुन्ना कडेलले संचालन गर्नुभएको उक्त कार्यक्रममा २० भन्दा बढी मुलुकमा रहेका १ सयभन्दा बढी नर्सहरुको उपस्थिति थियो।त्यस्तै अन्य विभिन्न स्वास्थ्यकर्मी तथा सरोकारवालाहरुको समेत उल्लेख्य उपस्थिति थियो।

प्रतिक्रिया