पहिलै थिए त्यँही जाेक बादशाह
मण्डली सङ्गै गर्नलाइ आहा
सुनाउथे जाेक ति नाना भाँति
आहा भन्नेकाे थियाे नै ताँति
तानेर लगे अर्का जाेक धारी
बाहिर थिए जुन चुनाव हारि
यि कानले पनि के सुन्नु हरे
उनलाइ लगेसि गरिमा बढ्याे रे!
जाेकै सुनाउन त थिए नै खड्के
त्यँही थपिए अर्का ति फड्के
सुनेर अब दुइटाकाे जाेक
भजन मण्डली लाै ताली ठाेक
के लाइ पाे हाे गरिमामा मान्ने
यस्तै गरेर कति कुर्चि धान्ने?
जस्ता नि लानि शभा हाे कस्ताे
गरिमामय पद भयाे आज सस्ताे!
केहि गरे नसके कँहि पाेइला जान
त्यँही छ ठाँउ तानेर लान
निती सिकाउने हूँम भन्ने काजी
त्यहाँ जान चाँहि भै हाल्नि राजी
बनेर पाजी गए कति काजी
हारेर पनि चुनाबकाे बाजी
सदनै भरि भाे हरुवाकाे ताँती
गरि बलत्कार लाेकतन्त्र माथि
मिल्ने भएसि जे नि लिन दिन
चुनाबकाे नाटक गर्ने पाे किन?
घाँडाे पन्छाउन त्यहाँ तानि दिए
भन्नु कसरि अब माननिय?
लाजै नभएसि जे गर्दा नि हुनि
माननिय कि ताननिय उनी?
-अर्जुनराज पन्त(व्यङग्य कवि पन्त पहलाे ब्यङग्यकाब्य ‘काेइली’का समेत लेखक हुन)
प्रतिक्रिया