शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १७:४३
वासिङटन डिसी 07:58

गजल -:संसार

शारदा क्षेत्री २०७७ असोज २ गते २२:१७ मा प्रकाशित

निष्ठुरि दैबको लिलाले अपरम्पार बनायो!
लग्यो पैरोले सम्पती कोरोनाले हाकार बनायो!

दुख चिन्ता मात्रै सहनु परेको छ जनताले!
भोलि के के हुनेहो भन्ने पिर बारम्बार बनायो!!

गाँसबाँस छैन बाडिले मरेका छन कतिकति!
भोक भोकै छन सडकमा मारामार बनायो!!

अनेकै आपतमा गरिबलाई विभेद गर्छौ किन!
पलमै न-मरि जानू न-बाँच्नु लगातार बनायो!!

बराबर दृष्टिकोणले किन हेर्न सक्दैन सरकार!
न्याय माग्दा पुलिसले कुट्दै लाचार बनायो!!

रचनाकार :- शारदा क्षेत्री
हाल न्युयोर्क अमेरिका

प्रतिक्रिया