यूनियन निर्वाचन कार्यालय स्थापना

इनेप्लिज २०७७ असोज १ गते २२:३१ मा प्रकाशित

विराटनगर, १ असोज।मोरङ जिल्लामा आगामी असोज २४ गते हुने निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाला आज जिल्ला सरकारी वकिलको कार्यालय मोरङमा कार्यालयको उद्घाटन गर्नु भयो।

उहाँले कोभिड –१९ को महामारी वीच हुन लागेको निजामती कर्मचारीको निर्वाचन अनुकरणीय गर्न सुझाब दिनुहुदै सङ्घीय निजामति ऐन आएको भए प्रदेश र स्थानीय तहका कर्मचारीहरूलाई काम गर्न सहज हुने थियो भन्नु भयो।

उच्च सरकारी वकिलको कार्यालयका सह–न्यायाधीवक्ता रामकुमार थापा, मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्का,निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन मोरङका कार्यवाहक अध्यक्ष पशुराम मण्डल, नेपाल ट्रेड युनियन मोरङका अध्यक्ष ओम सुवेदी,मोरङ अदालतका निमिक्त श्रेस्तेदार युवराज पौडेलले लगायतले निजामती कर्मचारी निर्वाचनका विषयमा आफ्नो धारणा राख्नु भएको थियो।

ट्रेड युनियनको निर्वाचन सम्पन्न गराउन निर्वाचन अधिकृतको रुपमा जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यलाई तोकिएको छ।मोरङमा करिब दुई हजार भन्दा माथि मतदाता हुने बताइएको छ ।सुरक्षा सावधानी अपनाएर सभ्य र निश्पक्ष तरिकाले निर्वाचन सम्पन्न गर्ने निर्वाचन अधिकृत आचार्यले बताउनु भयो।यसअघि विस २०७३ वैशाख १० गते आधिकारिक ट्रेड युनियनको निर्वाचन भएको थियो।

प्रतिक्रिया