विराटनगर १ असोज ।(रासस):प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जीवन घिमिरे आज कोरोना सङक्रमण मुक्त हुनु भएको छ।प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरले उहाँको रिपोर्ट नेगेटिभ आएको आज जनाएको छ।मन्त्री घिमिरे कोरोना पोजेटिभ भएको १८ दिनपछि सङ्क्रमण मुक्त हुनु भएको हो।
मन्त्री घिमिरेलाई गत भदौ १५ गते कोरोना सङ्क्रमण पुष्टि भएको पछि होम आईसोलेसनमा बस्नुभएको थियो।मन्त्री घिमिरेको यसअघि भदौ २६ गते गरिएको परीक्षणमा रिपोर्ट पुन:पोजेटिभ आएको थियो।मन्त्री घिमिरेलाई सामान्य रुघाखोकी बाहेक अन्य स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको सचिवालयले जनाएको छ।
प्रतिक्रिया