प्रदेश नं.१ मा १३३ सङ्क्रमित थपिए–अहिलेसम्म एक लाख १२ हजारको पिसीआर परीक्षण सम्पन्न

इनेप्लिज २०७७ भदौ ३१ गते ११:३१ मा प्रकाशित

विराटनगर,३१ भदौ (रासस):प्रदेश नं १ गएको २४ घण्टाको अवधिमा १३३ जना कोरोना सङ्क्रमित थपिएका छन्।उक्त अवधिमा प्रदेशमा एक हजार २७३ जनाको पीसीआर परीक्षण गरिएको मध्ये ३६ महिला र ९७ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सुनसरीमा ६९, मोरङमा ३४, झापामा २०, भोजपुरमा ५, उदयपुर र धनकुटामा एक÷एक र प्रदेश बाहिरका तीन जना रहेका छन्।

सुनसरीको धरानमा १० महिला र २२ पुरुष, इटहरीमा सात महिला र १९ पुरुष, गढी र कोशी गाउँपालिकामा चार÷चार पुरुष,भोक्राहानरसिंहमा दुई पुरुष, बराहक्षेत्रमा एक महिलाको रिपोर्ट पोजेटिभ आएको छ।यस्तै मोरङको विराटनगरमा नौ महिला र १९ पुरुष, धनपालथानमा दुई पुरुष,बेलबारीमा एक महिला र एक पुरुष,कटहरीमा एक महिला र सुनबर्षीमा एक पुरुषमा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यसैगरी झापाको दमकमा एक महिला र सात पुरुष, भद्रपुरमा दुई महिला र चार पुरुष, बा¥हदशीमा दुई महिला र तीन पुरुष, मेची नगरमा एक पुरुष, भोजपुरमा पाँच पुरुष, उदयपुरमा एक महिला, धनकुटामा एक महिला र प्रदेश बाहिरका तीन पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।प्रदेशमा सङ्क्रमितको सङ्ख्या पाँच हजार १०० पुगेको छ।

प्रदेशमा आज ५२ जना सङ्क्रमित निको भै घर फर्केका छन्।होटल एशियाटिक आईसोलेसन विराटनगरबाट २१,मारवाडी सेवा सदन आईसोलेसन केन्द्र, विराटनगरबाट नौ, बैजनाथपुर आईसोलेसन,विराटनगरबाट सात,पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आईसोलेसन अस्पताल,गोठगाउँ मोरङबाट चार,जिल्ला अस्पताल धनकुटा र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट पाँच÷पाँच र कालि सदन आईसोलेसन विराटनगरबाट एक जना रहेका छन्।प्रदेशमा निको हुनेको सङ्ख्या दुई हजार १९४ पुगेको छ।प्रदेशमा हालसम्म एक लाख १२ हजार ६३ जनाको पीसीआर परीक्षण गर्ने सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया