श्रवण दृष्टिविहीन अपाङ्गतालाई सक्षम बनाउने कार्य सुचारु

इनेप्लिज २०७७ भदौ ३१ गते १०:५४ मा प्रकाशित

विराटनगर,३१भदौ(रासस):श्रवणदृष्टिविहीन अपाङ्गता भएका व्यक्तिले आफ्नो काम आफ गर्न सक्षम वनाउनका लागि उनीहरुलाई सिकाई कार्य सुचारु भएको छ।

कोशी बहिरा संघ विराटनगरले सञ्चारकर्मीहरुलाई जानकारी दिन आज यहाँ आयोजित कार्यक्रममा मोरङ जिल्लामा तीन वर्षे परियोजना अन्तर्गत सन् २०१९ देखिको कार्य गत वर्ष जिल्लामा तीन महिला सहित ११ जनालाई विभिन्न सिकाई लगायत सेवा उपलव्ध गराइएको जानकारी दिइयो।

श्रवणदृष्टिविहीन २० वर्ष उमेरसमूहका लागि विभिन्न सुविधा उपलव्ध गराउनुका साथै फिजियोथेरापी,घरमा दैनिक जीवनमा आवश्यक पर्ने कार्य गर्ने सम्वन्धका सिकाइ लगायतका अन्य सेवा र सुविधा रहेको परियोजनाका संयोजक प्रशान्त दुलाल बताउनु भयो।

संघका अध्यक्ष सुनिता तिवारीले आफ्नो गाउँघर,टोल,छिमेकमा यस्ता श्रवणदृष्टिविहीन व्यक्तिहरुलाई संघलाई जानकारी गराइ उनीहरुलाई जीवन उपयोगी कार्य सिक्ने अवस्था सिर्जना गर्न आग्रह गर्नु भयो।

संघले राष्ट्रिय वहिरा महासंघको सहयोगमा कार्य सञ्चालन गरिरहेको छ भने यस वर्ष थप १० जनालाई सेवा उपलव्ध गराउने संघका कोषाध्यक्ष जीवन दाहालले जानकारी दिनु भयो।

विस २०६८ को जनगणना अनुसार मोरङ जिल्लामा १०६ महिला सहित २५४ जना श्रवणदृष्टिविहीन अपाङ्गता रहेका छन्।

प्रतिक्रिया