विराटनगरमा ७० सङक्रमित सहित प्रदेश नं.१ मा १ सय ३८ थपिए, ६४ जना निको भै घर फर्के

इनेप्लिज २०७७ भदौ ३० गते १२:५९ मा प्रकाशित

विराटनगर, ३० भदौ (रासस):प्रदेश नं.१ मा गएको २४ घण्टाको अवधिमा १३८ सङ्क्र्रमित थपिएका छन्।उक्त अवपधिमा एक हजार ७७४ जनाको पीसीआर परीक्षण गरेकोमध्ये ५२ महिला र ८६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङमा १०८, सुनसरीमा २२, झापामा दुई, सङ्खुवासभा, पाँचथर, ताप्लेजुङमा एक÷एक र प्रदेश बाहिर तीन जना रहेका सङक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार विराटनगरमा ७० जनामा सङ्क्रमण देखिएका मध्ये २८ महिला र ४२ जना पुरुष रहेका छन्।मोरङको कटहरीमा तीन महिला र ११ पुरुष, बुढीगंगामा छ महिला र छ पुरुष, सुन्दरहरैचामा दुई महिला र एक पुरुष, पथरीशनिश्चरे र जहदामा दुई÷दुई पुरुष, रंगेली, उर्लाबारी र बेलबारीमा एक÷एक महिला, स्थानीय तह नखुलेका दुई पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

यसैगरी सुनसरीको दुहवीमा तीन महिला र ११ पुरुष, धरानमा तीन महिला र एक पुरुष, इटहरीमा दुई पुरुष, देवानगञ्ज र स्थानीय तह नखुलेका एक÷एक पुरुष, झापाको दमकमा एक पुरुष,मेचीनगरमा एक महिला,संखुवासभामा एक पुरुष, ताप्लेजुङका एक पुरुष, पाँचथरको फिदिमका एक पुरुष र प्रदेश बाहिरका दुई महिला र एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ।

प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ९६७ पुगेको छ । प्रदेशमा आज ६४ जना सङक्रमित निको भै घर फर्केका छन्।यसरी निको हुनेहरुमा कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट ३८,वि.जेनरल अस्पताल हरिनगर सुनसरीबाट २३ र होमआईसोलेसनबाट तीन जनारहेका छन्। प्रदेशमा हालसम्म दुई हजार १४२ जना सङक्रमित निके भएको मन्त्रालयले जनाएको छ।प्रदेशमा हाल सम्म एक लाख १० हजार ७९० जनाको पीसीआर परीक्षण सम्पन्न भएको छ।

प्रतिक्रिया