“बादल र म”

ईश्वरी गौतम २०७७ भदौ २७ गते १२:०६ मा प्रकाशित

ए बादल तिमी र म
उस्तै कि फरक
तिमी माथी माथी
गगन मा उडछौ
तर
म तल तल जमिन मै गुडिरहेछु ।
तिमी सधै सधै आकाशमा
इन्द्रेणी भै पर पर
फैलिरहेछौ
तर
म तिम्रो
क्षितिज पच्छयाइरहेछु
तिमी सारा बिश्वलाइ
भिजाउछौ
तर
म मात्र दुई नयन
भिजाउछु
तिमी हुँदाको आकाशमा
म शितलता पिउछु
ए बादल
तिम्रो सामिप्यताले
मेरो अंग अंग चुम्छ
तर
म तिमीलाइ चुम्ने
प्रयास गरिरहेछु ।
म तिमीलाई चुम्ने
प्रयास गरिरहेछु

प्रतिक्रिया