शुक्रबार, जेठ १३ २०७९
काठमाडौं १९:१२
वासिङटन डिसी 09:27

“यहाँ जे हुनु थियो”

इनेप्लिज २०७७ भदौ २५ गते ०:४३ मा प्रकाशित

यहाँ जे हुनु थियो त्यो सबै नै भयो
अब कसका लागि पर्खनु
के का लागि पर्खनु ।
यहाँ मन्दिर छन, यहाँ पुजारी छन्
अनि यहाँ ईश्वर पनि छन, सबै निर्दयी छन्
यहाँ जे हुनु थियो
त्यो सबै नै भयो
अब कसका लागि पर्खनु
के का लागि पर्खनु ।
शिशा जस्तो दिल फुटन पनि सक्छ
माया बिना जीवन टुट्न पनि सक्छ, जीवन दुख्न सक्छ ।
यहाँ जे हुनु थियो
त्यो सबै नै भयो
अब कसको लागि पर्खनु
के को लागि पर्खनु।।

रचना, निर्माता :- कमला प्रसाईं
संगित/ उदय शमशेर
गायक / यम बराल
एल्बम/नयनका आँसु

प्रतिक्रिया