आइतबार, असोज ११ २०७७
काठमाडौं २३:४०
वासिङटन डिसी 13:55

रमेश खरेलले सर्वेन्द्र खनाललाई किन सधै लखेटिरहन्छन् ?

कुशुम शर्मा २०७७ भदौ १७ गते ४:१८ मा प्रकाशित

२०७२ साल असोजमा राष्ट्रिय फुटवलटिमका कप्तान सागर थापासहित ६ जना खेलाडी म्याच फिक्सिङको आरोपमा पक्राउ परे ।

सन् २००८ देखि खेलेका अन्तर्राष्ट्रिय खेलमा पैसा लिएर नेपाललाई हराएको भेटिएकाले प्रहरीले पक्राउ गरेको थियो । उनीहरुले खेल मिलेमतो गर्दा प्रति खेल ५ हजार डलरदेखि माथि लिनेगरेकोदावी थियो ।केही प्रमाणहरू पनि फेला परेका थिए । उनीहरूलेप्रहरीसामूअपराध स्वीकार पनि गरेका थिए ।

यसै मुद्धामा उनीहरुलाई २०७५ जेठ २४ गते विशेष अदालतले सफाइ दियो ।भरखरै सर्वोच्च अदालतवाट पनि निर्णय भयो । विशेष अदालत कै फैसला सदर ।

दुबै निर्णयमा सफाइ दिँदा लिइएको आधार भनेको तत्काल कसुर हो भन्ने कानून नै नभएको अवस्थामा अपराध ठहर्‍याउन मिल्दैन ।

अदालतको स्वाकारोक्ती छ, कसूरजन्य कार्य नभएको होइन । कसुरदार निर्दोष छन् भन्ने पनि होइन । मूलतः सजाय गर्ने कानून भएन । सजाय गर्ने कानुन नै नभएको अवस्थामा म्याच फिक्सिंमा लगाइएको “राज्य बिरुद्धको अपराध” चर्को भयो ।

विगतमा कानुनको सिद्धान्त “१० अपराधी छुटुनतर १ निर्दोष नफसोस” भन्ने हो । हाल “१०० अभियुक्त छुटुन्तर १ निर्दोष नफसोस” भन्ने छ । यसैले व्यवहारिकरूपमा सफाइ पाउनु मात्र पनि निर्दोष नै हुन भन्ने हुँदैन ।अभियुक्तले सफाइ पाएकोले यो मुद्दामा प्रहरी हारेको ठानिएला तर सत्य त्यो होइन । अभियुक्तले सफाइ पाए तापनि यसमा प्रहरीले पनि जितेको छ ।

सामान्यतः सेवामुक्त हुने वेलामा हरेक माथिल्ला व्यक्तिहरू विवादीत हुने गर्छन् । विवादित गराइन्छन । त्यसमा पनि सुरक्षा निकाय प्रमुखमा यो समस्या झन् छ ।

पूर्व महानिरीक्षक सर्वेन्द्र खनाल पनि यसको अछुतो भएनन् । उनैले नै यो पक्राउ र मुद्दा चलाएका थिए । नेपालको कानुनमा यसैमा सजायको लागि नयाँ प्रावधान थपिनु पनि उनको उपलब्धि हो।

सर्वेन्द्रको चिरफार

सेलेब्रिटी पेशा प्रहरी । तर यसमा अनावश्यक बैरभाव र बिबाद पनि जन्मिन्छन् । गलत तत्वलाई सिध्याउदा कतिपय दुश्मन बन्छन । ब्यवसायिक निष्ठाका लागि अडान लिने अधिकृत बिचौलियाका लागि बिरोधका पात्र हुन पुग्छन । सर्वेन्द्र व्यवसायीक निष्ठामा अडिग रहने ूएक्सनओरिएन्टेड अफिसरू थिए ।

उनका मातहतका कर्मचारीका अनुसार उनी साना कुरामा नअल्झिई ठुलो मिसन राख्ने व्यक्ति हुन । आफ्नो मिसन पुरा गर्न कसैसँग सम्झौता नगर्ने ।

तथ्य छर्लङ्ग छ । सर्वेन्द्रलाई बिबादित बनाउन खोज्ने तत्व चिन्न गाह्रो छैन । सामाकोशीलाई केन्द्रबिन्दु बनाई अपराधिक साम्राज्य खडा गरेको घैंटेले कतिपयसँग मिलेर जग्गा कारोबार, निर्माणमा लगानी, होटल रेष्टुरेन्ट ब्यबसाय, मिटर ब्याज र अन्य उठती पुठती सञ्चालन गरेको थियो । घैटेको निधन पछी घैंटेका सहकारोबारीले सर्वेन्द्रलाई दुस्मन ठाने। कारण हो, सर्वेन्द्रका कारणले घैटेसँगैउनीहरुको ठुलो लगानी पनि उड्यो ।

सर्वेन्द्रले सफाया गरेका कुख्यात डाँकाको डफ्फा, निस्तेज पारेका सशस्त्र समूह, भारतबाट ल्याएका जनतान्त्रिक तराई मुक्ति मोर्चाका अध्यक्ष, सैन्य कमाण्डर, ३० भन्दा बढीको ज्यान मारेर नेपालमा लुक्न आएका बब्लु दुबे, ‘बोर्डर डन’ सुनील जैसवाल लगायत सयौं अपराधी र अपहरणकारीका जरा, आफन्त र दलालहरु सर्वेन्द्रलाई अहिले पनि दुश्मन ठान्छन् । उनले उडाएका र सफाया गरेका तत्वका बचेखुचेका जरा र हाँगाले दुस्मनी साँध्ने नै भए ।

फुटबलका म्याच फिक्सरहरु, शुन्यमा झारेका गुण्डा र तिनका ग्याङ, पेट्रोल पम्पमा मेसिनको प्रयोगले ठगी गर्ने ठग, बिद्युत ठगी नेटवर्कका जालो, हुण्डी कारोबारी र मतियार, प्रहरीको सामान खरिद र आपूर्तिमा आँखा गाडेका दुइ नम्बरीहरु, प्रहरी सामाग्रीको गुणस्तरमा घोटाला गर्नेहरु, गुण्डाको परिचालन गर्ने ठेकेदार सर्वेन्द्रका दुस्मन भएका छन् ।

सर्बेन्द्र भन्थे, प्रहरी र गुण्डा एकै ठाउ रहन सक्तैन । प्रहरी देख्दा गुण्डा थरथर काप्नुपर्छ । सके गुण्डालाई सुधार्नु, नसके ढलाउनु भन्ने उद्घोषका साथ देशभरका गुण्डागर्दीमा गरेको कडा प्रहारले भागाभागमा परेका गुण्डाहरूअहिले पुनः संगठित भई रिस फेर्ने बाटो खोजेका छन् ।

विप्लवका हजारौ कार्यकर्ता वारम्वारप्रकाउ पर्नु, सर्लाही जिल्ला संयोजक माथि गोली चल्नु सर्वेन्द्रको व्यक्तिगत स्वार्थ होइन ।अर्कोतर्फ, सिके राउत र उनको कम्पनीलाई चलमलाउन नदिई थिचिरहुन पनि राज्यको लागि हो । बिखण्डन रोक्नकालागि थियो।

सर्वेन्द्रको पालामा गुण्डागर्दीको जरै उखेलियो । त्यसको लागि सर्वेन्द्र चुनौती मोल्न तयार देखिए । गुण्डासँग प्रहरी डराउने अवस्था आउनु हुदैन ।

जहां गए पनि भन्थे, प्रहरी र अपराधी एकै ठाउमा बस्न सक्तैनन् । प्रहरी कर्मचारीले निडर र निर्धक्क भई काम गर्नुपर्छ । सके गुण्डालाई सपार्ने कुनै हालतमा नभएमा नडराइकन कानून बमोजिम यात्रा गराउने हो । कानून बमोजिमको काम गर्दा कुनै पनि अप्ट्यारो परे म आबरण बन्नेछु ।

उनी भन्थे, प्रहरीको असल कामले अपराधीको मुटुमा ढ्याङ्ग्रो ठोकिनुपर्छ । जो गुण्डासंग तर्सन्छ, त्यो प्रहरी हुन लायक छैन । आबश्यक परे कानून बमोजिम बल प्रयोग गर्न पनि पछि पर्नु हुदैन ।

देशमा शान्ति सुरक्षा र अपराध अनुसन्धान गर्न प्रहरीबाट कुनै मोलाहिजा र कमि कमजोरी भयो भने त्यो सुधार्ने अरु कोही हुदैन ।

उनले लुलाभैसकेका प्रहरीलाई तंग्र्याउन कुनै कसर बाँकी राखेनन् । बास्तवमा सर्वेन्द्रको यो ब्यवहार समयको माग थियो । भारतमा बलात्कारी र प्रहरी माथि आक्रमण गर्नेलाई प्रहरीले इन्काउन्टर गर्दा नेपालमा पनि खुशी छाउने गरेको छ ।

सर्वेन्द्रले शैक्षिक परामर्श केन्द्र (कन्सलटेन्सी) को नाममा मानव तस्करी सञ्चालन गर्नेठुलो संख्यालाई कठाघरामा ल्याए । यस्तै अपराध रोक्न सर्वेन्द्रले नयाँ इकाई ूमानव बेचबिखन अनुसन्धान ब्यूरोू स्थापना गरी कार्य संचालन गरे । यस्ता९मिनि माफिया० उनका दुस्मन भएका छन ।

कतिपय प्रहरी कर्मचारी ब्यवसायिकताको कमिको कारण आधारभूत काम पनि बिगार्छन् । दुरदराजमा यदाकदा भएका यस्ता गलत कार्यको दुहाई दिदै सर्वेन्द्रलाई ब्यक्तिगत रुपमा प्रहार गर्छन । प्रहरी कै एक समुह पनि सर्वेन्द्रलाई बिबादित बनाउन उद्दत छ ।

उनले हजार भन्दा बढि गैरब्यवसायिक प्रहरीलाई बर्खास्त गरेका थिए । हजारौलाई अन्य कारवाही गरेका थिए । नोकरी शुरुदेखि राजधानीमै बसेर राइदाई गरेका सयौ ुडनू प्रहरी बाहिर लखेटिए। यसमध्येका हजार बढिले राजिनामा गरे ।(निर्मला पन्त काण्ड) मा दोषी देखिएबापत हाल बर्खास्त गरिएका प्रहरी कर्मचारीहरू पनि सर्वेन्द्रको बदख्वाई गर्दै हिडेका होलान् ।

सयौं गुण्डागर्दी र असुलीको अभियोगमा पक्राउ परेका सत्यमान लामालाई प्रहरीले नछोडेकोमा सत्तारुढ संगठनअनेरास्ववियु अध्यक्ष नविना लामा र अखिल क्रान्तिकारी अध्यक्ष रञ्जित तामाङले सर्वेन्द्रको राजिनामा माग गर्दै गृहमन्त्रीकोमा पुगे । नछोडेका सर्वेन्द्रलाईबिबादित बनाइने नै भयो ।

भ्रष्टाचार नियन्त्रणमा सर्वेन्द्र औषत् भन्दा माथि रहे । लगभग सबै पूर्व महानिरीक्षकलाई समेटेको भ्रष्टाचारमा नरुमलिनु उनको ठुलो सफलता हो ।

उनको पालामा प्रहरीको उठती पुठती शुन्य मा झरेको थियो । प्रहरीलाई घुस दिन खोज्ने हजारौ व्यक्तिलाई समातियो । उनको पालामा नेपाल प्रहरी नेपालका १४ वटा सेवा प्रदान गर्ने निकायमा सबैभन्दा कम भ्रष्टाचार भएको अख्तियारको अनुसन्धानमा देखिएको थियो ।

सरकारी वेरुजु फर्छ्यौटमा पहिलो नंवरमा परी उनैले पुरस्कार नै थापेको थिए ।

प्रहरीले गर्व गर्न लायक धेरै कुरा सर्बेन्द्र आइजीपी भएर नै हो । हरेक समय “एक्सन” गर्न लगाउने आइजी हुँदा त प्रहरीको हालत खस्ता छ भने अरु आइजी भएको भए के हुने हुन्थ्यो आफै काप्ने नेतृत्व पनि प्रहरीमा देखिएकै हो ।

“यसै त बुहारी भटमास खाएकी” भने जस्तो कोरोना अवधिका तत्पश्चातका आइजीले ठाकुर ज्ञवालीले के गरे त रु सकारात्मक चर्चाका शैलेशले कति गर्लान हेर्न वाँकी छ ।

तत्काल बढेको प्रहरीको बाह्इय इमेज

सर्वेन्द्रले इटालीमा सन् २०१४ मा भएको सिभिल, पुलिस र मिलिटरी हाईलेवलट्रेनिङू मा प्रथम स्थान हासिल गरेका थिए । अमेरिकाको हबाईमा सञ्चालित एडभान्ससेक्युरिटीको अपरेसन कोर्समा पनि उनी उत्कृष्ट भएका थिए । यसैगरी, अमेरिकाको ून्यु मेक्सिकोमा सन् २००२ मा सञ्चालित भिआइपी प्रोटेक्सनकोर्सू मा उत्कृष्ठ नतिजा ल्याएकोमा त्यसको सम्मान गर्दै उनलाई त्यहाँका मेयर लारी डेलगाडोले अनररी सिटिजनू को सम्मान समेत प्रदान गरेका थिए ।

ग्लोबल कम्पिटेन्सीको आधारमा छनौट भई संयुक्त राष्ट्रसंघको मुख्यालयमा काम गर्ने हालसम्मका दुइ, चार जना नेपाल प्रहरीमा सर्वेन्द्र पर्दछन् । ूदक्षिण सुडानमा नयाँ मिसन स्थापना गर्न जाने ह्युमेनिटरियन मार्क क्रोकरको नेतृत्वको पाँच सदस्यिय समितिमा एक उनी थिए । डार्फर मिसन लिक्विडेट गर्ने महत्वपूर्ण जिम्मेवारी समेत उनले निभाएका थिए ।

सन् २००१ मा संयुक्त राष्ट्र संघको बोस्निया हर्जगोभिनामा कार्यरत रहेका बखत इन्डक्सन सेक्सनू का सर्वेन्द्र युएन कर्मचारीको छनौट गर्नको लागि बाह्य देशमा जाने गर्थे । पाकिस्तानका लागि युएन पिस किपर छनौट गर्ने उनै थिए ।

आइजी भएपछि सर्वेन्द्रको पालामा नेपाल प्रहरीले अभुतपूर्वअन्तराष्ट्रिय सम्मान प्राप्त गर्यो । २०७५ कार्तिक २२ गते जापानको एसियनओसिनियन कम्प्युटिङ इन्डस्ट्रीअर्गनाइजेसनू ले प्रदान गर्ने डिजिटल गभर्मेन्सअवार्ड नेपाल प्रहरीले प्राप्त गर्यो । जापानको टोकियोमा आयोजित सम्मेलनमा कम्प्युटर एसोसिएसन अफ नेपालका कार्यकारी सदस्य डां अभिजित मार्फत उक्त अवार्ड सर्बेन्द्र आफैले प्राप्त गरेका थिए ।

फुटबलको म्याच फिक्सिङ अनुसन्धान गरे बापत एसियन फुटवल फेडेरेशन ९एएफसी० बाट उनले २०७४ असोज २७ गते बिशेष सम्मान पाए ।

मलेसियाको क्वालालमपुरमा आयोजित समारोहमा एएफसीका महासचिव डाडोविन्डसोरजोनु ले म्याच फिक्सिङ पत्ता लगाएर एशियाली फुटबल जगतलाई अनुशासित राख्न योगदान गरेकोमा नेपाल प्रहरीकै प्रशंसा गरेका थिए ।

यसैगरी, सोही सालको मंसिर ६ गते नेपाल प्रहरीले संयुक्त राष्ट्र संघको बातावरणीय कार्यक्रम अन्तर्गत एसिया इन्भारनमेन्टइन्फोर्समेन्टअबार्ड, २०१८ पाएको थियो । थाईलैण्डकोबैंककमा भएको संयुक्त राष्ट्र संघको सम्मेलनबाट इन्टेग्रिटीू विधामा प्रदान उक्त पुरस्कार नेपालले प्राप्त गरेको थियो । दक्षिण यसियाू का प्रहरीलाई यी दुबै पदक पहिलो पटक प्राप्त भएका हुन । यी बिषयहरू नेपाल र नेपालीका गौरबका बिषयहरु हुन ।

पछिल्लो विवाद

सर्वेन्द्र सुरूदेखि नै जोशीला थिए । उनी करिव ५३ बर्षमा सेवामुक्त भए । उनमा जुझारुपन उत्तिकै छ । ६५ नाघेर न्यायालयबाट रिटायर्ड भए सरहका न्यायाधिश जस्तो शान्त रहने स्वाभावका मानिस होइनन् । सेवामुक्त भएपछि उनको व्यक्तिगत जीवन सुरू भएको छ । यसैमा उनी राजनितिक सिकार भए । कसैलाई जवरजस्ती उठाइएको आरोप उनलाई लगाइयो ।

राजनितिक अभीष्टले परिवार र आफन्त सहित जनकपुरदेखि वाटोभरी रमाइलो गर्दै काठमाडौ आएको व्यक्तिलाई जवरजस्ती गरियो भन्ने आरोप लाग्यो । सम्बन्धित व्यक्तिले त्यस्तो होइन भन्ने तर एक झुण्डले अपहरण गरेको हल्ला चलाए ।

सोही पार्टीको प्रमुख सचेतक उमाशंकर अरगरियाको अनुरोधमा उनीसँगकैसहयात्रा र अन्य दुइजनासंघीय सांसद समेतको काठमाडौदेखिको जनकपुर यात्रा र फर्कदा निज सुरेन्द्र यादवसँग उनका पार्टिका प्रदेश सांसद कौशल यादव सहित अन्य सातजना भई निज सुरेन्द्रकै गाडीमा जनकपुर देखि काठमाडौसम्म गरिएको सहयात्रालाईअनावश्यकरुपमा विवादितवनाइयो । अन्ततः यो विवाद हराउनु नै थियो, आफै हरायो ।

व्यवसायिक दुस्मनले बिबादित बनाउनु स्वाभाविकै हो । तर वेला वेलामा केही प्रहरी वाटै पनि प्रहार गरिन्छ । सबैभन्दा प्रहार गर्ने उनकै व्याच कै साथीहरू हुन । सार्वजनिक रुपमा उनलाई सबैभन्दा बढी आक्रमण गर्ने व्यक्ति रमेश खरेल हुन । खरेल तिनै हुन जो आँफु पदोन्नती नभएपछी राजिनामा नै दिए ।उनलाई सर्वेन्द्रले राजिनामा नदिनुस भनेर सार्वजनिक आह्वान पनि गरेका थिए तर मानिएन ।रमेश आइजी हुने महत्वकांक्षा भएका व्यक्ति हुन । उनी एसपीबाट एसएसपी हुँने वेलामा पदोन्नती भएन भनेर काठमाडौ जिल्ला प्रमुख हुँदा पनि आफुखुशी कार्यालयमा अनुपस्थित भएका थिए ।

राजिनामादिनुको कारक व्यक्तिलाई प्रहार गर्नु शायद, जन्मजात गुण । आफ्नो कुरा स्बाभाविकरुपमा राख्न नसक्ने र सधै उत्तेजित हुने व्यक्ति हुन रमेश । उनले धेरै प्रहरी कर्मचारीलाई भौतिक आक्रमण गरेका छन् । वीरगंजमा रहदा श्रीमतीको नाममा करोडौ कमिसन लिने व्यक्ति हुन उनी । आँफु वाहेकअरुलाई गन्दै नगन्ने र पूर्व प्रहरी वा अग्रज प्रति सम्मान गर्न नसक्ने व्यक्ति हुन उनी ।

उनको तारो बनेका व्याचीसर्वेन्द्रलाई उनी सराप्नु सम्म सराप्छन । अर्को आइजीका दाबेदार पनि यसै अनुपातमा सर्बेन्द्रको उछित्तो काड्न पछि पर्दैनन् । उनीहरूका कम्पनी अझै वहाना खोजेको देखिन्छ । आफ्नैले आफ्नालाई विवाद ल्याउने रोग प्रहरीमा पहिल्यै देखिको हो ।

छातीमा हात राखेर भनौ, सर्वेन्द्रमा के कमी रह्यो अरु आइजीले भन्दा उनले के कमी गरेका छनरु उनको पालामा सम्भव भएका कुन चाँहि कुरामा सुधार भएको छैन समस्या उनी र उनको काममा होइन, पुर्वाग्रही र गलत आँखाको हो ।

अहिले अदालतले निर्दोष प्रमाणित गरेका तिनै खेलाडीलाई सर्वेन्द्रलेफँसाएको थियो भनेर विवादितगराउनुको कुनै तुक छैन । त्यसो हो भने हरेक पूर्व प्रहरी अधिकृतलाई विवादीत बनाउन सकिन्छ । आफ्नो व्यक्तिगत जीवनमा पदार्पण गरिसेकेकाएक ओजस्वी र योद्धा कमान्डरलाई विवादीत नबनाऔं । राज्यलाई धेरै कुरा सुम्पेका र जनताको लागि जीवन समेत अर्पण गर्न पछि नपरेका उच्च व्यक्तित्वहरू उत्तिकै धन्यवादका पात्र हुन्छन् । नकारात्मक विचार फालेर सकारात्मक सोचल्याउन जरुरी छ ।

(प्रस्तुत लेख लेखकका निजी विचार हुन्, यसमा हाम्रो संस्थागत सहमति वा असहमति छैन)

प्रतिक्रिया