प्रतिरक्षा शक्ति बढाऔँ

सिद्धान्त यादव २०७७ भदौ १५ गते १०:४५ मा प्रकाशित

कोरोनाको सङ्क्रमण बढ्दै गइरहेको अवस्थामा
बस्नुपर्छ हामी सबैले आफ्नो घरमा

हालमा कोरोनाको खोप बनेको छैन
यस माहामारीबाट हामीले डराउनु पर्दैन

फलफूल र हरिया तरकारी खाने गरौँ
प्रशस्त मात्रामा पानी पनि पिउने गरौँ

बिहान उठेर योग र व्यायाम गरौँ
साथसाथै अरुलाई पनि गर्न भनौँ

तातो र पौष्टिक आहार हामीले खानुपर्छ
यस्तो खाना स्वास्थ्यको लागि लाभदायक हुन्छ

कोरोनाबाट जित्न उच्च सावधानी अपनाऔँ
साथसाथै आफ्नो प्रतिरक्षा शक्ति बढाऔँ

नामः सिद्धान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ।

प्रतिक्रिया