जन्मिन्छन् ,थाेरै,यस्ता कृत्य गर्ने
मान्छे मरे नि ,कृती नमर्ने!
धर्ती तलमा,कवि एक ,थियाै
पत्नि बियाेगमा,शाेककाब्य दियाै
लेखेउ कविता ,ति ,अनेकाै थरि
थाक्दै ,नथाकी,जिवन भरि
जुगाै,त्यहि गित ,गाउछन् नेपाली
तिम्रै ,ज्याेतीकाे,पङ्ख उचाली
विदा भयाै,ति ,अनेकाै दिएर
राष्ट्रकविकाे,पदवी लिएर
मर्नु सबैलाइ ,छ नि ,एक दिन
नआउने काल ,सङ्गै त्याे लिन
पत्नि बियाेगमा,त्याे ,काब्य लेख्दा
राेइन पृथ्वी ,ति शब्द देख्दा
स्वर्गमा गाैरी,तिमी यहाँ बसि
गहका आँशु बनाइ मसि
लेखेर गाैरी, गयाै आज छाेडी
बिर्सन्न लाेकले ,अमर त्याे जाेडी
नघटाेस,त्याे घटना ,अब याे लाेकमा
दाम्पत्य ,कसैकाे, नपराेस शाेकमा
स्वर्गमै गुन्जिउन् कविता र गित
पूनर्मिलन हाेस,त्यहि गाैरी सित
लेख्छ याे कवि,जाे उसले ,देखेकाे
ओभाउन्न गाैरी’आशुँले लेखेकाे
(कवितालाइ लयबद्धरुपमा बाचन गर्न सजिलाे हाेस भन्नका लागि बिश्राम लिनु पर्ने ठाँउमा कमा राखिएकाे छ ,राष्ट्रकवि नेपाली सहित्यकाे पहिलाे शाेककाब्य लेखक हुन भने कवि पन्त पहिलाे ब्यङग्यकाब्य ‘काेइली’ लेखक हुन)
प्रतिक्रिया