सबैको माया र साथ रह्यो भने लोक दोहोरी क्षेत्रमा उदाउन सक्छु -गायिका मगर

इनेप्लिज २०७७ भदौ १३ गते १७:२४ मा प्रकाशित

नेपाली सांगीतिक क्षेत्रमा उदाउदै गरेको नाम हो गुना मगर भोजपुर जिल्लामा जन्मिएकी इटहरीमा स्थायी बसोवास गर्दै आएकी लोक तथा दोहोरी गायीका गुना मगरको हाल सम्म नेपाल र कतारमा गरेर आधा दर्जन एल्बमहरू बजारमा सार्वजनिक भएका छन।

विगत तीन वर्ष यता परिवारको सुनौलो भविष्यलाई साकार पार्न कतारलाई कर्मथलो बनाउदै आईरहेकी गायीका गुना मगर पछिल्लो समय हुने साँस्कृतिक कार्यक्रमहरुमा पनि आफ्नो प्रस्तुती पस्कदै आईरहेकी छिन।

नेपाली लोकसंगीतको क्षेत्रमा चर्चा कमाउने र लोकप्रियता बटुल्न सफल हुने आशामा रहेकी गुना कतारमा दैनिक १२ घण्टाको दैनिकपछि लोक संगीत तिर नै ध्यान केन्द्रीत गर्ने गरेकी छिन्।
भर्खरै बजारमा सार्वजनिक भएको गीत प्रकाश दर्नाल र रमेश भुजेलको शब्दमा रहेको “कतार दोहामा”बोलको लोकदोहोरी गीतमा उनले आफ्नो स्वर समेत दिएकी छिन।

आफ्नो लक्ष्यमा दृढ संकल्पका साथ अघि बढ्ने सोचकै कारण आज गुनालाई कतारमा धेरैले गायिकाको रुपमा चिन्ने गरेको र आम दर्शकको मन मुटुमा बस्न सफल समेत भएकि छन्।

लोक तथा दोहोरी क्षेत्रको यात्रामा एक पछि अर्को सफलता प्राप्त गर्दै भविष्यमा सफल लोकदोहोरी गायिका बन्ने सपना बुनेकी गुना आफुले हिजो के सोचेर विदेश आएको थिए तिनै कुराहरुलाई मध्यनजर गर्दै आफुले परदेशमा भोग्नु परेको पिडाहरु समेत बताउछिन।

म लोक दोहोरी क्षेत्रमा उदाउँदो यात्रामा लागेर सबैको मनमनमा बस्ने चाहना रहेको उनले बताउछिन्।
उनै गायिकासंग गरिएको छोटो कुराकानीको संक्षिप्त कुराकानी प्रस्तुत छ:-

:- कति भयो कतारलाई कर्मभुमी बनाएको ?

कतारलाई कर्म थलो बनाएको अहिले ३ बर्ष लाग्यो।

:- कतारमा कार्यरत हुनुहुन्छ गायन र आफ्नो दैनिक कार्यलाई कसरी म्यानेज गर्नु भएको छ ?

परदेशमा छु सर्वप्रथम हामी यहाँ आफ्नो परिवारको भविश्यको लागी आएका हौ र कर्म गर्ने शिलशिलामा आएकाले सर्वप्रथम त कर्मलाईनै समय दिनु परो र बाकिँ समयलाई सदुपयोग गर्न भनेको आफुमा भर पर्न कुरा हो यहाँको साप्ताहिक बिदा भनेको शुक्रबार हुन्छ त्यही दिन साथीभाईहरु सगँ संगीत सम्बन्धी भलाकुसारीहरु गर्छु र संगीतमा रुची राख्ने भएकाले संगीतलाई समय केही समय भए पनि दिने गरेको छु ।

:- अनि कसरी सुरु भयो त गायनको यात्रा ?
मेरो चहान लोक संगीतमा लाग्ने सानै देखी हो घरमा हुदाँ पनि गीतहरु गुनगुनाउने गर्थे सबैले मलाई गायीका बन्छेकी क्याहो यो भनेर जिस्काउथे तर नेपालमा हुदाँ पनि विभिन्न स्थानिय कार्यक्रमहरुमा गाउने र हल्का नाच्ने पनि गर्थे यसरीनै मलाई गीत संगीतमा लाग्ने सोच आयो ।

:-अहिले सम्म कति गीत गाउनु भयो, तपाईको कुनै एल्बम को नाम?
अहिले सम्म सबै गरि जम्मा पाँच वटा गीतमा स्वार दिएको छु । मैले नेपालमा हुँदा तिन ओटा गीत ( आमा तिम्रो दुधको भारा, सानु तिम्ले नाई नभन्नु र पुर्बेली मर्दाको बानी ) रेकडिङ गर्ने मौका पाए)जसमा दुईवटा अडियो र एउटा (२०७० सालमा आमा तिम्रो दुधको भारा) जसमा शब्द पार्बता ढकाल र संगीत राजन क्षेत्रि रहेको छ भने अन्य भिडीयोमा आउने क्रममा छन र कर्मथलो कतार आए पश्चात म २ वर्ष बाहिरी माहोलमा निस्कन सकिन किनकी मेरो दैनिक र नयाँ ठाँऊ भएर म अल्ली डराउथे अहिले भने कलाकार साथीहरु चिन्दै गए पश्चात एक वर्षमा २ वटा लोक दोहोरी गीतमा स्वार दिएको छु ।
जसमा पोहोर साल “दशै तिहार आईसको” र अहिले “कतार दोहामा” बोलको लोक दोहोरी गीत बजारमा सार्वजनिक गरेको छौँ जसको शब्द भने प्रकाश दर्नाल र रमेश भुजेलको रहेको छ भने स्वारमा साथ रमेश भुजेलले दिनु भएको छ ।

:- नेपालमा गीत गाएर बाँच्ने स्थिति नभरै कतार आउनु भएको हो?

हाहाहा….यो हुदै होईन गीत संगीतमा लागे पश्चात हरेक कुराको सपोर्टको जरुरत हुन्छ जहाँ म पुरा गर्न सक्ने थिईन, साथै गाउँघरमा बसेपछि गीत मात्र गायर जिविको पार्जन हुदैन्थ्यो म समान्य परिवारको त्यही माथी जिम्बेवारी धेरै थियो मलाई सपोर्ट गर्ने कोई थिएनन् अनि मैले नेपालमा हुदाँ पनि २०७० सालमा नयाँ भाका नयाँ शब्द लोक दोहोरी पुर्वान्चलको १९ जिल्लाको प्रतिस्पर्दा हुदाँ म पहिलो भएको थिए ।
नेपालको लोक प्रिय च्यानल इमेज च्यानलमा पनि म लोक गीतमा छनौटमा परेकी थिए । तर आफैले मोलाई बन्द गरेर बसे किनकी म काठमान्डौ अडिनमा जाने आर्थिक स्थीती म मा कम्जोर थियो अनि सबैले मलाई २०७० को अडिसन कम्पिटिसन जिते पश्चात केही संस्थाहरुले चिन्दै जाने क्रम भयो अनि विस्तारै ÷विस्तारै सोच्दै गए अनि अन्तीम विकल्प कतार आउने सोच बनाएर आएकी हुँ ।

:- पछिल्लो समय कतारमा विभिन्न नेपाली कार्यक्रमहरु हुन्थे तपाईले आफ्नो प्रस्तुती देखाउने अबसर पाउनु भयो कि नाई ?
हजुर ….मैले माथी पनि भने म आएको २ वर्षसम्म केही गरिन त्यसपछि मैले आफ्ने कम्पनीहरुले जुन जुलाईमा स्कुलहरुमा कार्यक्रमको आयोजन गर्ने गर्थे कम्पनीमा साथीहरुले मैले पनि गीत गाउछ भनेर भनिदिएछन अनि मैले धेरै समयपछि जानी नजानी नेपाली तथा हिन्दी गीत गाय किन कि प्राय हामी सगँ भारतीयहरु पनि थिए मैले केही हिन्दी गीत पनि गाउने कोसीस गरेको थिए।

उक्त दिन कार्यक्रममा नेपाली संस्थाका साथीहरुपनि आउनु भएको रहेछ एक जना म्याडम सगँ चिनजान भयो सबै कतारमा पनि साँगीतक फाट निकै जमेको रहेछ सुनाउनु भयो म्याड्मले मलाई कास्की आदर्श सेवा समाजको एक कार्यक्रममा सामेल हुने मौका दिनु भयो अनि मैले कतारमा अन्य सबैले चिन्ने मौका पनि पाए र गीत पनि रेकडिङ गराउने अबसर समेत पाए ।

अहिले कतारमा गायक रमेश भुजेल ÷प्रकाश दर्नाल –शितल) जी सगँ मिलेर हामीले संगीत ग्रुप बनाएका छौँ गीत मात्र नभएर हामिले एउटा समसामयिक छोटो चलचित्र (सट मुभी) सिरियल पनि बनाएका छौ अब केही दिनमा अर्कोे “श्रृजना तपाईको वाचन हाम्रा”े भन्ने एउटा सानो प्रोग्राम सगै बजारमा सार्वजनिक गर्ने छौ ।

:-दैनिक कति घण्टा डिउटी पर्छ? अनि कस्तो छ नेपाली चेलीहरुलाई कतारमा ?
हजुर..मेरो यहाँको स्कुलमा डिउटी हो । घर छोडेर परदेशमा जती सुःख भएपनि गाउँघर जस्तो पक्कै हुदैन रहेनछ फेरी आफ्नो सपना त पुरा गर्नुनै छ समग्रमा आफुमा भर पर्ने कुराहो मेरो विचारमा अहिले सम्म ठिकै छ जस्तो मलाई लाग्छ ।

:- तपाई विवाहित कि अभिवाहित ?
हजुर…म विवाहित हुँ मेरो २ छोरा ÷छोरी छन ।

:-अब कहिले फर्कने नेपाल ?
एक वर्ष अरु बसौ कि भन्ने सोचमा छु अर्को साल फर्कछु होला ।

:- संङ्गीत तपाईको नजरमा के हो ?
संङ्गीत त मेरो लागी जीवन(मुटुको एउटा पाटो) हो सङ्गीत बिना जिवन फिक्का लाग्छ ।

:-अन्त्यमा दर्शकलाई केहि भन्न चहानुहुन्छ?

तपाई लगायत सम्पुर्ण पाठक मित्रहरुलाई धन्यावाद भन्न चाहे साथै कतारमा हाम्रो सपना सङ्गीत परिवार गु्रप छ तँपाईहरु सबैले माँया गरिदिनु होला तँपाईहरु भगवान रुपी दर्शक स्रोताको साथ सपोर्टको हामीलाई धेरै खाँचो छ ।

धन्यावाद

प्रस्तुती:- भोला थापा क्षेत्री (हाल कतार)

प्रतिक्रिया