हेर्नुहोस आज भदौ ८ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ भदौ ८ गते २:४५ मा प्रकाशित

लमजुङ बेंसीसहर नगरपालिका ७, साम्दीका ६९ वर्षीय हरिबहादुर थापा आइतबार बिहान खेत डिलैको खनियो घाँस काटेर फर्किए । घरमाथि जंगलबाट बाँदरको आवाज आइरहेको थियो । धपाउन भनी उनी खेततिर गए । करिब १५ मिटर परको खलेगरा नजिकै धानका बोट हल्लियो । बाँदर आएछन् भनी उनी धपाउँदै गए ।

एक्कासी चितुवा डिलमा उक्लिएर उनीमाथि आक्रमण भयो।हरिबहादुरका अनुसार यो बिहान करिब पौने ८ बजेतिरको घटना हो । नेपाली सेनाका पूर्वलप्टन हरिबहादुर चितुवासँग भिडेको उत्तरार्द्धमा मात्रै घरपरिवारले थाहा पाए।घरपरिवार तीजको पञ्चमीको दिन पूजापाठमा व्यस्त थिए । उनी घर फर्किएपछि के भयो भन्दै छिमेकी आएको उनले सुनाए । उनका अनुसार १० देखि १५ मिनेट जति घम्साघम्सी भएकोमा चितुवा विस्तारै गल्न थाल्यो । चितुवा केही पर गएर लम्पसार पर्‍यो।उनी दौडेर चिच्याउँदै घर आए । उनले चितुवा मरेको लख काटे।आफूले थाह पाउँदासम्म दिउँसो चितुवा गाउँ पसेको यो पहिलो घटना रहेको हरिबहादुरले बताए ।उनका अनुसार चितुवा आहरा खोज्दै बस्तीमा आएको हुनुपर्छ।

उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि काठमाडौं लगिएको प्रहरीले बताएको छ।सव डिभिजन वन कार्यालय बेंसीसहरका प्रमुख सहायक वन अधिकृत नारायणप्रसाद कोइरालाका अनुसार वृद्धलाई आक्रमण गर्ने चितुवा डेढ वर्षको पोथी चितुवा हो।मारिएको चितुवालाई डिभिजन वन कार्यालय परिसरमा ल्याएर गाडिएको छ।यो संगै हेर्नुहोस आज भदौ ८ गतेका मुख्य समाचारहरु

प्रतिक्रिया