नेपाल चैत्र ११ मै फर्कियो , काठमाडौैं उपत्यका सुनसान

टंक पन्त २०७७ भदौ ४ गते १४:३७ मा प्रकाशित

 

काठमाडौ । कोरोना महामारी बढदै गएपछि काठमाडौ उपत्यकामा पुन लगाइएको निषेधाज्ञाले गर्दा जनजीबन गभीर रुपमा प्रभावित भएको छ ।

गत चैत्र ११ गते देखि लागु भएको लकडाउन झण्डै ५ महिना पश्चात साउन ६ गते अन्त्य गरिएको थियो तर कोरोना सक्रमितहरुको संख्या दिनानुदिन बढदै गएको र जनस्तरबाट समेत लकडाउन गर्नुपर्ने माग आएपछि सरकारले राजधानीमा ३ गते राति देखि निषेधाज्ञा जारी गरेको छ ।

सरकारले प्रमुख जिल्ला अधिकारीलाई नै निषेधाज्ञा जारी गर्न सक्ने अधिकार दिएपछि सुरक्षाकर्मी सहितको बैठकले निषेधाज्ञा जारी गरेपछि राजधानीे सुनसान भएको छ ।

काठमाडौ लगायत धेरै जिल्लामा निषेधाज्ञा जारी गरिएपछि देश पुन चैत्र ११ कै स्थितिमा फर्किएको छ । सामान्य स्थितिमा फर्किन खोजेको बेला देशले पुन लकडाउनको सामना गर्नुपरेको छ । पहिले लकडाउन भनिएपनि अहिले भाषा परिबर्तन गरेर निषेधाज्ञा भनिएपनि बन्दको प्रक्रिया उस्तै नै रहेको छ ।

औषधि , खाध , अस्पताल , बैक लगायत अत्याबश्यक बाहेक सबै सेवा बन्द रहने गरी सरकारले निषेधाज्ञा जारी गरेपछि जनजीबन प्रभावित भएको छ । यस अघि चैत्र ११ गते लकडाउन गर्दा एक दुइ जना मात्र संक्रमित थिए भने अहिले सम्म २९ हजार ६ सय ४५ जना भैसकेका छन । १ सय २६ जनाको मृत्यु समेत भैसकेको छ ।

कोरोना महामारीले गर्दा आम नागरिकहरु भयभित भएका छन । यहि अबस्थालाई न्युन गर्ने उद्धेश्यले उपत्यकामा पनि निषेधाज्ञा जारी गरिएपछि सुरक्षा निकाय बढी आक्रामक भएको महशुस गरिएको छ ।

गत चैत्र ११ गते लकडाउन जारी हुंदा फिल्डमा खटिएको सुरक्षा निकाय अहिले जस्तो आक्रामक थिएन । तर अहिले बढी प्रहरी आक्रामक हुनुमा लकडाउन भन्दा निषेधाज्ञा बढी कडाई गर्ने कुरा हो भन्ने बुझाई छ । यसर्थ प्रहरी स्वयंमा पनि लकडाउन र निषेधाज्ञाको बारेमा अन्यौल जस्तो देखिएको छ ।

बिहीबार बिहानदेखि प्रहरीले गरेको काम कारबाहीको ढांचा पहिले भन्दा फरक थियो त्यसैले आम नागरिकलाई सेवा दिन जादै गरेका बैकका कर्मचारी , आम नागरिकलाई सुचना दिने माध्यम मिडियालाई कुनै कुनै ठाउमा दुख दिने काम भएको थियो । तरकारी लिन , दुध लिन आएको भन्दा भन्दै पनि प्रहरीले धम्क्याउने , किन बढी बोल्ने भन्ने जस्ता शब्द प्रयोग गरेको देखिन्थ्यो ।

बिहानै दुध तरकारी लिन गएका नागरिकहरुलाई पनि हप्काउने , तरकारी पसले मोटरसाइकल लिएर तरकारी फलफुल लिन जादा एकै छिन रोकेर आज आइहाल्नुभयो तर भोलि देखि तरकारी बोक्ने गाडी मात्र लिएर आउन निर्देशन दिदै थिए । पसलेहरु भन्दै थिए , गाडी नहुने , मोटरसाइकल हुने पसलले तरकारी ल्याउन नपाउने , भनी प्रश्न गर्देै थिए ।


गाडी नभएका धेरै तरकारी फलफुल पसले पनि छन तर राज्य ठुला सानाका लागि फरक फरक ब्यबहारमा उत्रिएको बिहीबार सुरक्षा निकायको ब्यबहारले देखाएको टोखा ६ का तरकारी किनारा पसले केशब भण्डारीले बताएका छन ।

चैत्र ११ देखि साउन ६ गते सम्म लकडाउन हुदा पनि भाटभटेनी लगायतका ठुला डिपार्टमेण्ट स्टोर संचालन गर्न दिने तर साना लगानीका पसलेलाई सटर खोल्न समेत दिइएन । चेम्बर अफ कमर्शका भीमलाल पौडेल भन्दछन , सरकारको बिभेद नीति छ । ठुलाले जे गरेपनि हुने तर सानालाई केही गर्न नदिने प्रबृत्ति हिजो पनि थियो आज पनि छ भन्ने कुरा बिहीबार सुरक्षा निकायको ब्यबहारले देखाएको छ , यो गभीर आपत्तिको बिषय हो ।

बिहीबाट सरकारी् कार्यालय , संस्थानहरु लगायत धेरै कार्यालय पनि सुनसान भएका छन भने निजी कार्यालयहरु प्राय बन्द नै भएका छन । यदि यो स्थिति लम्बिएमा देशको अर्थतन्त्र पुन धरापमा पर्ने अर्थ मन्त्री डा युबराज खतिबडाले जनाएका छन ।

यसैबीच कोरोना सक्रमितहरुको बढिररहेको र देशका अधिकांश जिल्लामा निषेधाज्ञा जारी भएको स्थितिका बारेमा मन्त्रिपरिषदको बिहीबार बसेको बैठकमा छलफल भएको छ ।

साउन ६ गते लकडाउन खोलेपनि लामो यात्राका सबारी साधन, आन्तरिक र अन्तरराष्ट्रिय उडान संचालनमा आएका थिएनन । तर सरकारले लामो दुरीका साधन , अन्तरराष्ट्रिय उडान , आन्तरिक उडान भदौ १ गते देखि संचालन गर्ने भनिएको थियो तर त्यो पनि अनिश्चित भएको छ । बिधालय चैत्र ११ देखि नै बन्द छन बिधालय पनि अनिश्चितकालका लागि बन्द छन ।

प्रतिक्रिया