हमासद्वारा २ जना बन्धकको श्रब्यदृश्य सार्वजनिक

इनेप्लिज २०८१ वैशाख १६ गते १०:१७ मा प्रकाशित

हमासले २ जना बन्धकलाई देखाएको श्रब्यदृश्य (भिडियो )सार्वजनिक गरेको छ ।

हमासले गत शनिबार टेलिग्राममा जारी गरेको श्रब्यदृश्य (भिडियो)मा अक्टोबर ७ मा कब्जामा लिएका बन्धक भएका दुई जना पुरुषहरू देखाइएको छ।

जबरजस्ती अङ्कीयचित्रक( क्यामेरा)सँग कुरा गर्दा ६४ बर्षिय अमेरिकी नागरिक किबुट्ज नाहल ओजका किथ सिगेल र अर्का ४७ बर्षिय इजरायली नागरिक ओम्री मिरानसंगको कुराकानी अत्यन्तै सम्पादन गरिएको श्रब्यदृश्य सार्वजनिक भएको एबिसीन्यूजले बताएको छ

पुरुषहरूले आफ्नो परिवारलाई सम्झेको र निस्तार चाड मनाउन नपाउँदा दुःख व्यक्त गर्छन्। उनीहरूले आफ्ना परिवारहरूलाई इजरायली सरकारलाई सम्झौताको लागि दबाब जारी राख्न पनि आग्रह गरेको श्रब्यदृश्यमा देखाईएको छ ।

“म मेरो परिवारलाई भन्न चाहन्छु कि म तिमीलाई धेरै माया गर्छु,” सिगलले श्रब्यदृश्यमा भने।

“गत वर्ष हामीले निस्तार चाड धेरै राम्रो र धेरै सुन्दर सँग मनाएको म सँग सम्झनाहरू छन् ,हामी सबैले सँगै मनाएका थियौं, ” आँसु झर्नु अघि भने ।

श्रब्यदृश्य कहाँ र कहिले खिचिएको हो भन्ने बारे एबीसी न्यूजले स्वतन्त्र रूपमा प्रमाणित नगरेको उल्लेख गरेको छ । मिरानले आफू २०२ दिनभन्दा बढी समयदेखि बन्दीमा रहेको बताएका छन्। शनिबार हमासको अक्टोबर ७ मा भएको आक्रमणको २०३ दिन पूरा भएको छ।

सिगेलकी पत्नी, अविभा सिगेललाई पहिलो युद्धविराम र बन्धक सम्झौताको क्रममा बन्धक बनाइयो र रिहा गरियो।

हमासको श्रब्यदृश्यको जवाफमा शनिबार जारी गरिएको श्रब्यदृश्य सन्देशमा उनकी श्रीमतीले भनिन्, “कीथ, म तिमीलाई माया गर्छु, तिमी नआएसम्म हामी लड्नेछौं।”

“आज मेरो बुबालाई देखेर हामी सबैलाई जति सक्दो चाँडो सम्झौतामा पुग्नु पर्छ र सबैलाई घर ल्याउनु पर्छ ” उनकी छोरी इलान सिगेलले भनिन्।

प्रतिक्रिया