म्याग्दीको बाढी, पहिरो पिडितको सहयोगार्थ क्यानाडा बाट दुई लाख सहयोग

इनेप्लिज २०७७ भदौ ४ गते १०:०० मा प्रकाशित

वाशिंगटन डिसी – म्याग्दी जिल्लामा हालै गएको बाढी, पहिरोले घरबार बिहिन हुन पुगेका जिल्लाबासीहरुलाई सहयोग स्वरुप क्यानाडाबाट सुबाश बिश्वोकर्माले रु. दुई लाख म्याग्दी पठाएका छन्।

संसारका बाईस राष्ट्रहरुमा च्याप्टरहरु भएको म्याग्दी जिल्लाबासीहरुको अन्तरास्ट्रिय संजाल ” मोना ” ले घरबार बिहिन हुन पुगेका बाढी पिडितहरुलाई पुनर्बाशको योजनामा सहयोग गर्ने भएको छ , सो को लागी” मोना ” ले संसारैभरी चन्दा संकलन गरिरहेको मोना का नर्थ अमेरिका उप-संयोजक सुबाश बि० क० ले ईनेप्लीजलाई जानाकारी गराए। बिश्वब्यापी चन्दा संकलन अभियान अन्तर्गत सुबाश बिश्वकर्माको सक्रियतामा क्यानाडाबाट रु. २,४१,२१५ /- दुई लाख एकचालीस हजार दुई सय पन्ध्र रुपिंया मोनाको गरिमा बिकाश बैंकमा रहेको आधिकारिक खातामा जम्मा गरिएको छ।

हालै गएको बाढी, पहिरोले म्याग्दी जिल्लाको मरांग र बिम गाउँ मा ठुलो धनजनको क्षति भएकोले ,बाढी, पहिरोले घर नै बगाई दिएर टेन्ट, पाल मा बसीरहेका जिल्लाबासीहरुलाई ” घर बनाईदिने ” अभियानमामोना जुटीरहेको छ – मोना का नर्थ अमेरिका उप-संयोजक सुबाश बिश्वकर्माले बताए।

प्रतिक्रिया