सम्झिदै रुन्छु माइती घर आँगनी
बरिलै एकलै साँझमा
नि बरिलै एकलै साँझमा
पराइ झैं लाग्छन परदेशका मान्छे
कोही छैनन् साथमा नि बरिलै
कोहि छैनन् साथमा ।।
करिम मेरो के लेख्यो भावीले
मिल्दैन मेटन नि बरिलै
मिल्दैन मेटन
महामारी यस्तो के आयो आमा
दिन्न कि भेटन नि बरिलै परदेशी
दिन्न कि भेटन ।।
दिदी र बहिनी दाजु र भाइ
सम्झना आइरहन्छ नि बरिलै
सम्झना आइरन्छ
आमाको माया बाबाको यादले
कलेजी खाइरहन्छ नि बरिलै
कलेजी खाइरहन्छ ।।
तीजका गीतमा नाच्दै र गाउदै
रमाइलो भ होला नि बरिलै
रमाइलो भ होला ।।
मै छोरी ढल्की नाचेको आमा
सम्झना आ होला नि बरिलै
सम्झना आ होला ।।
तीजका दरमा काकरीको अचार
आमाको हातको नि बरिलै
आमाको हातको
सोचे झैं कर्म नहुने रहिछ
छोरीको जातको नि बरिलै
छोरीको जातको । ।
दाजु र भाइ लाई बा आमाकै घर
पराइ घर छोरीलाई नि बरिलै
पराइ घर छोरीलाई
माइतीकै झल्को माइतीकै सम्झना
जिन्दगी भरिलाई नि बरिलै
जिन्दगी भरिलाई ।।
विष्णु पगेनी सिग्देल, मेरिल्याण्ड, अमेरिका।
प्रतिक्रिया