नलागे नारी ओरालो

राधा पौडेल,नर्थ क्यारोलाईना २०७७ साउन ३१ गते २२:११ मा प्रकाशित

 

रम र झम तीज आयो भन्छन्,तीजको गीत आएन
मातेर हो कि बिर्सेर हो कि तीजले भाका पाएन
सभ्यता तोडे, संस्कार छोडे , साथी र भाइ बिराना
सकिन हेर्न उत्ताउलो फेसन, के आयो कुन्नी जमाना
सेवा र धर्म यो हाम्रो कर्म किन हो छाडी मातेको
नारिको शिल कमलो दिल, कसले होला भांचेको
जन्मेको घर आइरने गर नभए नारी बिरानो
तिजको बेला ,नगरे हेला चलन हाम्रो पुरानो
तिजमा गई दाजु र भाइ, दिदि र बैनी ल्याइदिए
मनको बह पोखने गर , माइती घर आइदिए ।
नराम्रो कालो फालेर जालो चढनु छ हामी उकालो
हाम्रो यो धर्म छोडेर कर्म नलागे नारी ओरालो

प्रतिक्रिया