मायाँ लाई बाँडन सके खुसि भेटिन्छ ।
संगै बाँच्नको लागि एक छिन छ
हामी हामी अरुलाई केहि दिन सक्दैनौ,
तर हामी संग एउटा यस्तो जादू छ,
त्यो हो मुसुक्क हाँसेर बोलि दिनु,
सक्छौ भने प्रेम गर्न सिकौं, सबै जनालाई ,
होइन भने मुण्टो बटारेर हेपाईको प्रर्दशन नदेखाउनु,
यदि हामी सफलताको बाटो चाहन्छौं भने,
अरुलाई आशीर्वाद दिन हाम्रो बिचार प्रयोग गरौं ।
कुनै कुराको छैन होला केहि कम,
तैपनि बाटो राम्रो संग हिँडन थाहा पाउनु पर्छ
हरेक मान्छेको इच्छा ठूलो हुन्छन,
तर सोचे जस्तो कस्लाई पुग्छ र ?
हरेका मानिसहरुको आफनै प्रकारका योजनाहरु हुन्छन,
मनमा त्यो योजनाको जालो बुन्छन तर कहिले पो सफलता पाउँलान र ?
प्रयास जारी राख्नु पर्छ पर्छ, सपना साकार होला नहोला
समयले बताउँलान, कसैलाइृ दुखाएर होइन,
सबैलाई खुसिराखेर पनि
सपनाको योजनाहरुलाई
बिस्कुन झै प्रर्दशनको पथमा राख्न सक्छौ ।
खुसिले नै यो संसार थामेका छन,
खुसिले नै यो संसारलाई बसालेका छन,
खुसि कहाँ छन् भनेर दियालो बोकेर खोज्न पर्दैन,
खुसि आफनै मनको भित्री पोकामा बसेका छन ।
डिग बहादुर तामाङ्ग, मेरिल्याण्ड, अमेरिका ।
प्रतिक्रिया