विराटनगरमा ६० सहित प्रदेशमा एक सय १५ जना सङक्रमित थप

मनोज दाहाल २०७७ साउन २९ गते १२:२१ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, २९ साउन।प्रदेश नं. १ मा आज एक सय १५ जना सङकमित थपिएका छन्।मोरङका ८८, सुनसरीका १९,इलामका चार, झापा र उदयपुरका एक÷एक र प्रदेश बाहिरका जिल्लाका दुई जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मोरङको विराटनगरका २२ महिला सहित ६०, बुढीगंगामा २५, कटहरीमा दुई महिला सहित तीन, सुनसरीको इटहरीका तीन महिला सहित १३, दुहवीका तीन, धरानका एक महिला र बराहक्षेत्र र राधुनीका एक ÷एक , इलामको सन्दकपुरका चार, झापाको विर्तामोडका एक महिला र उदयपुरकी एक महिलाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेशमा सङक्रमितको सङख्या एक हजार ६२६ पुगेको छ ।यसैगरी प्रदेशबाट आज २२ जना सङक्रमित निको भै घर फर्केका छन् । निको हुनेको सङ्ख्या अहिलेसम्म एक हजार४० पुगेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया