नेपालमा पुर्ण लकडाउन नभनिएपनि लकडाउन जस्तै गरी सेवा दिने निकाय बन्द,ठेला गाडाको ब्यापार पनि रोकियो

टंक पन्त २०७७ साउन २७ गते १२:२८ मा प्रकाशित


काठमाडौ । नेपाल सरकारले कोरोना सक्रमणको जोखिम बढदै गएपछि उपत्यकामा ५० प्रतिशत कर्मचारीबाट सेवा प्रबाह गर्ने निर्णय गरेको छ ।
लकडाउन खुला गर्नु अगाडि पनि सरकारले ५० प्रतिशत कर्मचारीलाई सेवामा खटाउने गरेको थियो । गत चैत्र ११ गते लागु भएको लकडाउनपछि साउन ६ गते सम्म ५० प्रतिशत कर्मचारीलाई  खटाएको थियो ।

संस्थानहरुमा साझ बिहान गरी आलोपालो गरेको गरिएको थियो भने सरकारी कार्यलायमा ५० प्रतिशतका आधारमा आलोपालो गरिएको थियो । सोमबारको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार बुधबार देखि पुन ५० प्रतिशत कर्मचारी खटाइने भएको छ ।

उपत्यकामा आम नागरिकहरुको भीड बढदै गएको र कर्मचारीहरु पनि सबै जना हुंदा सामाजिक दुरी कायम हुन नसक्ने भएको कुरालाई ध्यानमा राखी सो निर्णय गर्नुपरेको कुरा नेपाल सरकारका प्रबक्ता समेत रहनुभएको संचार तथा सुचना प्रबिध एवं अर्थ मन्त्री डा युबराज खतिबडाले बताउनु भएको छ ।

सरकारले धेरै जना कर्मचारी भएका गैरसरकारी तथा बैक तथा सेवा प्रबाह गर्ने निकायहरुलाई बर्कहोमको ब्यबस्था मिलाउन निर्देशन दिने निर्णय गरेको छ ।

सरकारी र गैरसरकारी कार्यालय , बैक तथा बैकिङ सोव प्रबाह गर्ने निकायले बिधुतीय माध्यमबाट सेवा प्रबाह गर्ने , बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने ब्यबस्था मिलाउने र बर्कहोमको ब्यबस्था मिलाउने निर्णय भएको मन्त्री खतिबडाले जानकारी गराउनुभएको छ ।

सरकारले बढी जनसम्पर्क हुने कार्यालयहरु अर्को निर्णय नहुदा सम्मलागि संचालन नगर्ने निर्णय पनि गरेको छ । कोरोना सक्रमण बढदै गएपछि सरकारले पुर्ण लकडाउन नभनेपनि सेवा दिने निकायहरु बन्द गरेको छ ।

शैक्षिक संस्था पनि अर्को निर्णय नहुदा सम्म बन्द गर्ने निर्णय भएको छ

ठेला गाडामा हिडने र तरकारी फलफुल बिक्री बितरण गर्नेलाई बन्द गर्ने निर्णय सरकारले गरेको छ ।

त्यसैगरी रेष्टुरेण्ट खोल्न पाइने तर रेष्टुरोण्टमा बस्न नपाइने भएको छ । प्याकिनका लागि भने रेष्टुरेण्ट खोल्न पाइने भएको छ । कोरोना सक्रमितहरुको संख्या दिनहुं बढदै गएको कारण सरकारले थप कठोर हुने निर्णय गरेको हो । मंगलबार उपत्यकामा मात्रै १ सय ३४ जना सक्रमति देखिएका छन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नबीन घिमिरेलाई पनि कारोना देखिएको छ । मंगलबार उपत्यका सहित देशभर गरी ६ सय ३८ जना थपिएका छन ।

प्रतिक्रिया