कुमार बस्नेत, नवराज घोरासैनी आयुष गौतम लगाएतको स्वरमा “तिन पुस्ते गीत आउंदै (भिडियो सहित)

इनेप्लिज २०७७ साउन २६ गते २१:३१ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई मात्र ब्यवसाहिकताको रुपमा लिईरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकता को जगेनार्थ करिब दुई घण्टाको गीत सार्बजनिक हुने तयारी भैरहेको छ । लगभग एक वर्ष लगाएर तयार भएको गीतको आज मात्रै औपचारिक रुपमा रेकडिंग कार्य सम्पन्न भएको छ । गीतलाई केहि दिनमा नै सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रालिले सार्बजनिक गर्ने जानकारी प्राप्त छ ।

गीतलाई हेमन्त शिशिरको संगीत संयोजन तथा माधव थापाको लय शब्द र परिकल्पनामा तयार पारिएको हो । नदेख्नेलाई देखाउने, बिर्सिएकालाई सम्झाउने र मौलिकताको संरक्षणका निमित्त तयार पारिएको गीतमा करिब ८० जना भन्दा बढी कलाकारहरुको स्वर सुन्न सकिन्छ । गीतमा कुमार बस्नेत, नवराज घोरासैनी देखि लिएर पछिल्लो समय सबैको मनको सांगीतिक ढुकढुकी बनिरहेकी बाल गायिका आयुष गौतम लगाएतको स्वर सुन्न सकिन्छ । त्यसैले पनि यस गीतलाई निर्माण युनिटले “तिन पुस्ते” नामकरण गरेको छ ।

तिनै पुस्ताका कलाकारहरुको संलग्नता यस गीतमा भएको कारण पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त महत्वपुर्ण भूमिका हुने विश्वास गर्न सकिन्छ । किन कि कुनै पनि क्षेत्रमा भएको एकताबद्धले उक्त क्षेत्रलाई उदारणीय साबित गर्नका लागि सहज हुने गर्दछ । सुनाखरी मल्टी मिडिया फाउन्डेसन तथा कलाकार माधब थापा माफत प्राप्त भएको जानकारी अनुसार यस गीतको म्युजिक भिडियो अबको केहि दिनमा नै निर्माण हुने छ । भिडियोमा गायक स्वयम् ले अभिनय गर्ने छन् । माथि उल्लेखित गीतको भोलिबाट नै अडियो मिक्सिंग सुरु गरिने शिशिर डिजिटल प्रालिका संचालक हेमन्त शिशिरले जानकारी गराएका छन् । मिक्सिंग अवधि कति हुने भन्ने बारे भने उनले यो इतिहांसीक काम पहिलो पटक गरेको हुनाले अन्यौल रहेको बताएका छन् ।

तिन पुस्ते गीतको बारेमा संगीत संयोजक हेमन्त शिशिर के भन्छन् त ? हेर्नुहोस् भिडियो

प्रतिक्रिया