आफ्नै पालो आउने हो कि भन्ने डर छ
राधा पौडेल
२०७७ साउन २६ गते १५:४३ मा प्रकाशित
तीज आयो दिदि बैनी नाच्ने गाउने धोको छ ।
कोरोनाको आतंकले मनै रोको छ ।
सन्सार नै ढाकिसक्यो मान्छे मर्छन छिनमा
कस्तो गीत गाउने होला यस्तो दिनमा
कतै जान पाउनु छैन नाकाबन्दी भाको छ
बैज्ञानिकले हार खांदा डर लाको छ ।
माइती देशमा छोएको खबर गरे साथिले
उता पनि पिरेछ यहि पापिले
उपचार केहि छैन ईस्वर कै भर छ
आफ्नै पालो आउने हो कि ? भन्ने डर छ
साथीभाइ मरिसके कोरोनाले छोएर
घर आइज भन्नुहुन्छ आमा रोएर
कसो गरि आउनु आमा लाशै माथी टेकेर
छोरा छोरी रुंदै आउँछन् बाटाे छेकेर
जहाँ बसे नि हात धोई बसौं होश गरेर
भिड भाडमा नजानु अघि सरेर
नाक मुख छोप्ने गरौं बाहिर तिर जांदामा
ताजा सफा रोजौं है खाना खांदामा
दुरी कायम गरेर होश गरि बांच्ने हो
अर्को साल दिदि बैनी फेरि नाच्ने हो ।
नेपाली संगीतमा प्रवासको योगदान
नेपाल र अमेरिकामा मे २७ का दिन एकै पटक कबड्डी चलचित्र प्रदर्शन , टेक्ससमा दैनिक प्रदर्शन हुने
म्याडिसन विस्कनसिनमा यही मेमोरियल डे साता इन्टर स्टेट भलिबल प्रतियोगिता हुँदै
न्यूयोर्कमा यसरी सम्पन्न भयो पाँचौं नेपाल डे परेड (तस्बिरहरु सहित)
अमेरिकामा रहेका नेपाली मूलका मुटरोग विशेषज्ञ चिकित्सक डा. बडालले ल्याए आमाको सम्झनामा पुस्तक
प्रतिक्रिया