प्रबिधि भन्नासाथ मोबाइल, इन्टरनेट, कम्प्यूटर आदि पर्दछन र यस अन्तर्गत कम्प्युटर शिक्षा संचार तथा सुचना प्रविधि प्रोगामको बिशेष महत्व छ । सरकारी तथ्यांक अनुसार अहिले नेपालमा अधिकांश नेपालीहरुको हातहातमा मोबाइल छ तर पनि इन्टरनेट र कम्प्युटर शिक्षाको पहुँच पुर्याउन भने हामी चुकिरहेका छौ । नेपालको साक्षारता दर ६८ प्रतिशत रहेको छ (विश्व वैंक – २०१८) र यो विकसित राष्ट्रहरुको तुलनामा धरै नै कम हो । त्यस्तै संचार तथा सुचना प्रविधि मन्त्रालयको अनुसार डिजिटल साक्षरता दर ३१ प्रतिशत मात्र रहेको छ जुन हाम्रो जस्तो विकासशील देशको लागि अत्यन्तै चुनौतीपर्ण कुरा हो।बिकशित मुलुकको तुलनामा यो ज्यादै नै कम हो।अहिलेको युगमा हामी प्रविधिलाई बिकाशको मेरुदण्ड नै मान्न सक्छौ।यदि देश सुचना प्रविधिको बिकासमा पछि परेको छ भने त्यो देश हरेक कुरामा पछि पर्छ।
पछिल्लो समयमा डिजिटल साक्षरता कार्यक्रमलाई सुदृढ गर्न सरकारले डिजिटल नेपाल फ्रेमवर्कको थालनी गरि सकेको छ।डिजिटल क्षेत्रलाई सुद्रिढ गर्न विभिन्न संघ संस्थाहरुले भूमिका खेले जस्तै हेल्थ फाउण्डेसन नेपालले पनि कार्यक्रम लागु भएका केहि ठाउहरुमा डिजिटल साक्षरता सम्वन्धि कार्यक्रमहरु गरिरहेको छ। हेल्थ फाउण्डेसन नेपाल एक गैर सरकारी संस्था हो । यो विशेष गरि नेपाल र अमेरिकामा रहेका चिकित्सा क्षेत्र, जनस्वास्थ्य, स्वास्थ्य प्राविधिक क्षेत्रमा कार्यरत सक्रिय व्यक्तिहरुको समुहबाट संचालित सामाजिक संस्था हो । आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथी उठेर नेपाली समाज र समुदायमा रहेका आर्थिक स्थिति कमजोर भएका मानिसहरुको स्वास्थ्य तथा शिक्षाकोलागि निरन्तर काम गर्ने यस संस्थाको प्रमुख उद्धेश्य रहेको छ।
हेल्थ फाउण्डेसन नेपाल ले चितवनमा रहेका १९ वटा प्राथमिक, २ वटा माध्यमिक सामुदायिक बिद्यालयहरु र १ बाल आश्रममा डिजिटल साक्षरता कार्यक्रम विगत ३ वर्ष देखि संचालन गर्दै आइरहेको छ । सन् २०१७ मा चितवनको रत्ननगरमा रहेको चेपांग केन्द्रलाई २ वटा कम्प्युटर हस्तान्तरण गरि शुरु गरिएको कार्य आजको मिति सम्ममा चितवनको ४ वटा नगरपालिकामा रहेको सामुदायिक विद्यालयमा संचालन भैरहेकोछ।
आर्थिक स्थिति अत्यन्तै कमजोर भएको र विद्मालयको स्रोतले धान्न नसक्ने खालको विद्मालयहरुलाई यस संस्थाले केही थान कम्प्यूटर उपलब्ध गराउने र कम्प्युटर प्रयोगशाला बनाउनको लागि प्रोत्साहन गदै आईरहेको छ । यतिमात्र नभई सबै विद्मालयमा विद्दार्थीहरुलाई कम्प्यूटर शिक्षा तथा तालिम दिने कक्षा शिक्षक अभाव भएकोले हेल्थ फाउण्डेसन नेपालले नै कम्प्यूटर सिकाउने,तालिम दिने प्रशिक्षक खटाई रहेको छ । यो कार्यक्रम विषेशगरी साधन स्रोतबाट वञ्चित रहेका सामुदायिक विद्मालय र त्यहाँ रहेका पिछडिएको वर्गका विद्मार्थीहरुमा सुचना प्रविधि र कम्प्युटर शिक्षा लिन प्रोत्साहन गरी कम्प्युटर सम्बन्धिको ज्ञान निरन्तर रुपमा प्रदान गर्ने र उनीहरुको सिकाईको दायरा तथा सिकाई क्षमतामा अभिबृद्वि गराउनु कार्यक्रमको मुख्य उद्देश्य हो।
विद्यार्थीहरुलाई मात्र नभएर विद्यालयमा कार्यरत शिक्षकहरूको अनि कम्प्युटरसम्बन्धी दक्षता बढाउनको लागि हेल्थ फाउन्डेसन नेपालले बेला बेलामा विद्यालयका शिक्षकहरूलाई पनि कम्प्युटर सम्बन्धि प्रशिक्षण दिइरहेको छ । यस कार्यक्रम बाट लाभान्वित खैरहनी नगरपालिका स्थित राष्ट्रिय आधारभुत विद्यालयका प्रधानाध्यापक लोकबहादुर पौडेलका अनुसार विद्यालयमा यो कार्यक्रमले धरै राम्रो प्रभाव परेको बताउनुहुन्छ।
नगरपालिकाको बजारबाट केही पर रहे पनि पिछडिएको वर्गको बाहुल्यता भएको र आर्थिक स्थिति अत्यन्तै कमजोर रहेका गाउँका स साना केटाकेटीहरुलाई शिक्षा प्रदान गर्दै आइरहेको यस विद्यालयका डिजिटल साक्षरता कार्यक्रमको आगमनले र हेल्थ फाउन्डेसन नेपालको सहयोगले गर्दा विद्यार्थीहरुलाई अझै बढी हौसला र उर्जा मिलेको पौडेलले जानकारी दिनुभयो।
त्यस्तै सूचना प्रविधि र कम्प्युटर शिक्षाले अहिलेका बालबालिकाहरुलाई उनीहरूको भविष्य निर्धारण र सुनिश्चित गर्न निकै ठूलो सहयोग पुर्याउने राष्ट्रिय आधारभुत बिद्यालय अमृतपानीका प्रधानाध्यापक कुल प्रसाद देवकोटा बताउनुहुन्छ ।कम्प्युटर प्रशिक्षण को कारणले गर्दा विद्यालयको काम अझ सहज हुने पुगेको धेरैजसो विद्यालयको निष्कर्ष छ । संस्थाको एक उदाहरणीय काम भनेको भरतपुरस्थित श्री सत्य साई केन्द्रमा संचालित मेन्टरसीप कार्यक्रम हो।त्यहाँ रहेका २१ जना छात्राहरूलाई निरन्तर रुपमा आर्थिक, प्राविधिक, शैक्षिक तथा बौद्धिक विकास गर्ने जस्ता सहयोग गर्दै आएको छ । सत्य साई केन्द्रमा हाल विभिन्न तहमा छात्राहरु बस्छन र उनीहरूको बौद्धिक क्षमता अनुसार उनीहरुलाई विभिन्न खालको कम्प्युटर तथा स्वास्थ्य प्रशिक्षण दिईरहेको कुरा फाउन्डेसनका कार्यकारी निर्देशक श्री मदन राज भट्ट बताउनुहुन्छ।
हाल विश्वव्यापीरुपमा फैलिरहेको कोरोना महामारीले गर्दा देशभर लकडाउन को स्थितीमा पनि संस्थाले यहाँ रहेका विद्यार्थीहरूको लागि अनलाइन कक्षा सञ्चालन गरिरहेको छ । संस्थाको यस कार्यक्रमले उनीहरूको बौद्धिक विकास गर्नुका साथै आत्मविश्वास बढाउनमा पनि निकै मद्दत पुर्याएको त्यहाँ रहेका छात्राहरूको भनाइ छ ्र त्यतिमात्र नभएर यो संस्थाले मेडिकल तथा जनस्वास्थ्य क्षेत्रका विद्यार्थीहरूको सहयोगमा केन्द्रमा रहेका छात्राहरुलाई अनलाइनमार्फत विभिन्न विधामा प्रशिक्षण कक्षा सञ्चालन गरिरहेको छ । जसले उनीहरुको अंग्रेजी भाषा सिकाईमा पनि सहयोग पुगीरहेकोछ र विश्वमा भईरहेका नविनतम प्रविधिको जानकारी हासिल गर्नमा सहयोग पुगिरहेको छ।
हामीले डिजिटल साक्षरताको विकासको लागि भएको कार्यमा भरतपुर स्थित यस सत्य साई केन्द्रलाई एउटा गतिलो नमुनाको रुपमा लिन सक्छौं जसको सफलताको कारणले गर्दा हेल्थ फाउण्डेसन नेपालको टिमलाई अझै यस्ता कार्यक्रमलाई नेपालको हरेक कुना कुनामा पुर्याउने उर्जा मिलेको छ र फलस्वरुप पोखरा स्थित श्री सत्य बाल सेवा संगठनमा पनि यो कार्यक्रम सञ्चालन गरेको छ । भनिन्छ नि थोपाथोपा मिलेर समुद्र बन्छ त्यस्तैगरी डिजिटल साक्षरताको सुदृढीकरण को लागि अहिले यस फाउण्डेसनले चालेको सानो सानो कदमले देशको शैक्षिक प्रणालीको विकासमा उल्लेख्य योगदान पुर्याउने निश्चित छ।
(लेखन सहयोगी : नविन श्रेष्ठ, कार्यक्रम फोकल व्यक्ति तथा प्रशिक्षक, चितवन)
प्रतिक्रिया