रामप्रसाद पन्तका दुई नियात्रा कृति

विश्व राज थापा २०७७ साउन २२ गते ११:०६ मा प्रकाशित

काठमाडौ । शताब्दीपुरुष सत्यमोहन जोशीले साहित्यकार रामप्रसाद पन्तद्वारा रचित ‘पुर्खाको बाटो’ र ‘जयपुरदेखि पुरीसम्म’ नामक दुई नियात्राकृतिको लोकार्पण गर्नुभएको छ ।

दायित्व वाङ्मय प्रतिष्ठान,नेपालकोआयोजनामा भएको लोकार्पण कार्यक्रममा शताब्दीपुरुष जोशीले भन्नुभयो— ‘दायित्व वाङ्मय प्रतिष्ठान र प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तले गर्दै आएको कार्य प्रशंसनीय छ । त्यसमा पनि लेखन प्रकृयालाई स्तरीकरण गर्दै श्री पन्तले नियात्रासाहित्यको माध्यमबाट नेपाली साहित्यमा पु¥याउनुभएको योगदान महत्वपूर्ण छ ।’

सो कार्यक्रममा डा. रामप्रसाद दाहालले कृतिहरुमाथि टिप्पणी गर्नुभएको थियो भने साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, डा. लेखप्रसाद निरौला, यादव भट्टराई र लोकार्पित कृतिका रचयिता रामप्रसाद पन्तले पनि सङ्क्षिप्त मन्तव्य दिनुभएको थियो । कार्यक्रम सत्यमोहन जोशशीकै घरमा भएको थियो ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया