नेपाल चलचित्र कलाकार संघको प्रेस विज्ञप्ती

इनेप्लिज २०७७ साउन २१ गते १०:५४ मा प्रकाशित

लक डाउन हटेता पनि कोभिड १९ -कोरोना_ रोग को प्रकोप दिन प्रति दिन भयाबह बन्दै गैरहेको छ । स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदाय लाई नै संक्रमित बनाउने जोखिम वढिरहेको छ । यसो हनुमा हामी आफैै संक्रमणवाट जोगिन अपनाउनु पर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौै । यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणवाट वचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउछ । संक्रमणवाट आफु पनि वच्न र अरुलाई पनि वचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गरेर सावुन पानिले हात धुने भीड भाड भएको ठाउमानजाने भीड भाड नगर्ने अति आवश्यक काम पर्दा मात्र घरवाट वाहिर निस्कने गरेमा कोरोनाको जोखिमवाट वच्न सक्ने संम्भावना भएकाले संम्पुर्ण जनसमुदाय र विशेष गरेर चलचित्रकर्मीहरुलाइ सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणवाट सुरक्षित गर्न नेपाल चलचित्र कलाकार संघ हार्दिक अपिल गर्दछ ।

अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिवद्व छ । कोरोनाको प्रकोपको संक्रमण कालमा संघले राहतको विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । अझै पनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने संघलाइ जानकारी गराउनोस संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको पनि यहि वक्तव्य मार्फत जानकारी गराउन चाहन्छौ ।

कोरोनाको संक्रमण वढदो अवस्थामा रहेकाले संघले आयोजना गर्न लागेको कलाकार वीचको अन्तरक्रिया र कार्यशालाका निर्धारित कार्यक्रम हाललाइ स्थगीत गरिएको पनि यसै वक्तब्य मार्फत जानकारी गराउदछौ ।

मोहन निरौला

उपादक्ष्य तथा प्रबक्ता

नेपाल चलचित्र कलाकार संघ

प्रतिक्रिया