बेरुतको बिस्फोटनमा मृत्यु हुनेको सख्या १०० नाघ्यो, ४ हजार मानिस घाइते(अध्याबधिक गरिएको )

इनेप्लिज २०७७ साउन २१ गते १०:५२ मा प्रकाशित

लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोटन हुँदा हाल सम्म १०० जना भन्दा ज्यादा मानिसको मृत्यु भएको छ भने ४ हजार भन्दा ज्यादा मानिसहरु घाइते भएका छन ।

गत मंगलबार अगस्त ४ का दिन केन्द्रीय बेरूतमा भएको ठूलो विस्फोटनमा कैयौ पर सम्मका भवनहरु क्षति भएका छन । हजारौं टन असुरक्षित अत्यधिक विस्फोटक सामग्री भण्डार गरिएको एउटा गोदाममा विशाल बम विस्फोट भएको हो । बिस्फोटन हुँदा भवनका झ्यालहरु १० किलोमिटर टाडा सम्म हावामा उडाई शहरका बिभिन्न स्थानमा पुर्याएको थियो ।

लेबनानका प्रधानमन्त्री हसन दिआबले २,७५० मेट्रिक टन एमोनियम नाइट्रेट जुन सामान्यतया कृषि उर्वरको रूपमा प्रयोग गरिन्छ, बिना सुरक्षा उपाय बन्दरगाहको गोदाममा छ वर्ष सम्म भण्डार गरिएको थियो भनि बताएका छन् ।

उक्त गोदाममा कसरी आगो लाग्यो भन्ने बारेमाअझ पनि स्पष्ट भएको छैन। तत्काल राहतको लागि यस बिभिन्न मानवीय संघ/संस्थाले खाना,सरसफाइ सामग्री र आधारभूत आवश्यकताका साथ धेरै अस्थायी आश्रयहरू स्थापना गरेका छन । आफ्ना घर गुमाएका १,००० परिवारहरूलाई आधारभूत आवश्यकता रहेको बताईएको छ।

र “नागरिकहरूको सुरक्षालाई खतरामा पारेको छ,” एक विज्ञप्तिमा भनिएको छ। यता लन्डन – इजिप्ट तथा लेबननका लागि नेपाली राजदूत झबिन्द्र प्रसाद अर्यालले लेबननमा रहेका सबै नेपालीहरु सुरक्षित रहेको जनाएका छन्।

लेबननमा झन्डै ५, ६ हजार नेपालीहरु विभिन्न पेशा तथा व्यवसायमा संलग्न रहेको अनुमान गरिएको छ। लेबननका प्रधानमन्त्री हसन दिआबले बुधबारदेखि ३ दिन राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

श्रोत :सिएनएन/अन्य श्रोत ,तस्बिर:अल जजिरा/गुगल खोज

यस अघिको समाचार हेर्न यहाँ थिच्नु होस् :

प्रतिक्रिया