दक्षिण अफ्रिकामा कोरोना भाईरसबाट नियालसन लिम्बुको मृत्यु भएको पुष्टी

इनेप्लिज २०७७ साउन १९ गते १७:१२ मा प्रकाशित

 

अफ्रिका महादेशको दक्षिण अफ्रिका जोहन्सबर्गमा कार्यरत पाचथर /झापाका ३४ बर्षका युवा नियालसन बोखिम लिम्बुको गत जुलाई ३० का दिन कोरोना भाईरसबाट निधन भएको पुष्टी भएको छ।

उन्को शव परीक्षण पछि उन्लाई कोभिड-१९ भएको कम्पनीले जानकारी गराएको छ ।

उनि काम गर्ने प्रतिष्ठानमा थप ७ जना संक्रमित भएको पाईएको छ । र ,अन्य नेपालीको अवस्था सामान्य र उपचार भै रहेको जानकारी प्राप्त भएको छ ।

हाल सम्म अफ्रिकामा २२ जना नेपाली संक्रमित भए मध्ये १० जना निको भएका र ११ जना उपचार गराई रहेको र १ को मृत्यु भएको जानकारी एनआरएनए अन्तरराष्ट्रियका पूर्व कोषाध्यक्ष हिक्मत थापाले ईनेप्लिजलाई बताए ।

मृतक लिम्वु वाशिङ्ग पाउडर बनाउने कारखानामा सेक्युरिटी सुपरभाइजरको रुपमा कार्यरत थिए ।

प्रतिक्रिया