“मेरो जिन्दगी”

शब्द, रचना/ कमला प्रसाईं २०७७ साउन १८ गते २०:३० मा प्रकाशित

कति निरश छ, यो जिन्दगी
कस्तो शुन्यमा बाँधिएको छ मेरो जिन्दगी
कस्को आशमा अल्झिएको छ यो जिन्दगी ।

निरशतालाई पन्छाउन खोज्दा
थपिए ममाथि बाध्यताहरु
शुन्यतालाई खोल्न खोज्दा
भागे मेरा आफनाहरु
कसको आशमा अल्झिएको छ मेरो जिन्दगी
कस्तो शुन्यमा बाँधिएको छ मेरो जिन्दगी

कति निरश छ— ——-

दु:खहरुलाई बाँडन खोज्दा
कोही छैनन् दु:ख बुझ्नेहरु
भुलहरुको माफी माग्दा
छैनन् माफ दिनेहरु
कस्को आशमा अल्झिएको छ मेरो जिन्दगी
कस्तो शुन्यमा बाँधिएको छ मेरो जिन्दगी

कति निरश छ- – – –
शब्द, रचना/ कमला प्रसाईं
स्वर\ रामकृष्ण ढकाल
संगीत / उदय शमशेर
एल्बम / नयनका आँसु

प्रतिक्रिया