सुनिल, भिखारी र मेलिनाको ‘जवानीको ऐना हजुर’

इनेप्लिज २०७७ साउन १८ गते २:१७ मा प्रकाशित

काठमाडौं– लोकप्रिय गायिका मेलिना राई आफ्नो बिल्कुलै नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् ।

यसपटक गायिका राईले स्थापित संगीतकार सुनिल मास्केको संगीत निर्देशन तथा सिद्धहस्त गीतकार अर्जुन रत्न भिखारीका शब्दहरुमा आफ्नो सुरिलो स्वर भरेकी हुन् । गीतमा रिकेश गुरुङले संगीत संयोजन गरेका छन् ।

यो गीत पञ्चामृत एल्बममा समावेश गरिएको छ । ए–वान म्युजिसियनमा रेकर्डिङ गरिएको यो गीतलाई किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन् । गीतका रेकर्डिष्ट भने राजेश श्रेष्ठ हुन् ।

गीतमा सञ्जीब बराइलीको गिटार, गोपाल घतानीको बा“सुरी, आई प्रोडक्सनका दिपेन गौतमको पर्कुसन सुन्न सकिन्छ । गीतको भिडियो आकर्षक बनेको छ । स्थापित निर्देशक युवराज वाइवाद्वारा निर्देशित उक्त भिडियोमा नगमा श्रेष्ठ मुख्य भूमिकामा छिन् । उनलाई साथीहरुले साथ दिएका छन् ।

भिडियोमा मनिता गहतराजको कोरियोग्राफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त गीतको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् ।

यस्तो छ भिडियो

प्रतिक्रिया