अमेरिकाको एटलान्टाबाट नेपालको बिश्व हिन्दु युवा सँघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग

इनेप्लिज २०७७ साउन १७ गते १५:२५ मा प्रकाशित

अमेरिकाको एटलान्टाबाट नेपालको बिश्व हिन्दु युवा सँघ अन्तर्राष्ट्रिय समितिलाई आर्थिक सहयोग सुरु गरेको छ । मानिसहरू बाँच्नको लागि रुन सक्छन्,कराउन सक्छन् अनि सहयोगको लागि भिख माग्न सक्छन् तर ती अबोध जनावर र पशुपंक्षीको बेदना कसले सुनिदिने ? न त उनीहरू बोल्न सक्छन् न त कसैसँग जीवन रक्षाको लागि हार गुहार नै माग्न सक्छन् । उनीहरूसँग भोकै जीउनुको कुनै बिकल्प छैन । हाल नेपालमा लकडाउनका कारण काठमाडौँको विभिन्न धर्मस्थलमा रहेका जनावर र पशुपंक्षीहरू यस्तै परिस्तिथिसँग गुज्रिरहेका छन् ।

तिनै निर्दोष र पवित्र प्राणीहरूको समस्यालाई मध्यनजर गर्दै अमेरिकाको एटलान्टाबाट पर्यटन दुत तथा सामाजिक अभियन्ता राजा घले र डा रामु खरेलको नेतृत्वमा काठमाडौँको मन्दिर वरिपरि बस्ने जनावर ( गाई,गोरु र अन्य ) र पशुपंक्षीलाई खाना खुवाउन आर्थिक सहयोगको पहल भएको छ । यसैका लागि उनीहरूले बिश्व हिन्दु युवा सँघ अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सागर थापालाई उक्त रकम हस्तान्तरण गरेका छन् । मानवता भन्दा माथि उठेर आवाज बिहिनहरू र पहुँच बिहिनहरूको यस्तो बिषयमा सायद कमैको ध्यान गएको छ ।

“हामी जतिसुकै बिकसित राष्ट्रमा बसेपनि सबैभन्दा पहिले आफ्नै मातृभूमिको याद आँउछ अनि सँधै परिआएकोबेला केही न केहि गरौ र गर्नुपर्छ भन्ने सोच आईरहन्छ। कोरोना महामारीले विश्वनै आक्रान्त बनिरहेको बेला यससँग लड्न र जित्नको लागि संसारका प्रत्येक नागरिकले ऐक्यवद्धता जनाउदै “हामीनै संसार हौ ” भन्ने बोध गरेर मानवताको लागि आ-आफ्नो क्षेत्रबाट उठ्नुपर्छ अनि केहि न केहि योगदान दिनुपर्छ भन्ने एउटा पाठ हो यो” सहयोगी राजा घलेले भने ।

“नेपाल यतिखेर लक्डाउनमा छ तर बाँच्नको लागि धेरै नेपालीलाई कठिन छ । प्रत्येक दिन काम गरेर एक छाक टार्ने बाध्यता भएको परिवारलाई यो लक्डाउन लम्बिने हो भने कोभिड-१९ ले भन्दा पनि भोकमारिबाट धेरैले ज्यान गुमाउनुपर्नेछ।

भर्खरै मात्र युनिसेफको अनुसन्धानले गरेको एक भबिष्यबाणी अनुसार अबको छ महिनामा नेपालमा चार हजार भन्दा बढी बच्चाहरु भोकमरिबाट मर्नेछन् ।हामी गैरआवासीय नेपालीहरु पनि जो जहाँ जसरि बसे पनि यसबाट अछुतो छैनौ र केहि न केहि रुपमा प्रभावित भएका छौ ।यो एउटा सानो अभियान हो र सक्ने जतिले आफ्नो मातृभूमिको लागि केही गरौ भन्ने उदाहरण हो ” घलेले थपे ।

यस अभियानमा जोडिने सहयोगी हातहरुमा-राजा घले( प्रथम निर्वाचित अधक्ष्य,नासा) ,डा रामु खरेल (संस्थापक,हाप्सा),सिके पराजुली,(पूर्ब अधक्ष,नाग) प्रणय लामा(पूर्ब अधक्ष,नाग) र भविन्द्र बस्नेत( वरिष्ठ उपाधक्ष्य,नाग ) रहेका छन् !

प्रतिक्रिया