आकस्मिक वाहेक अन्य सेवा बन्द गर्न चिकित्सक संघको आग्रह

इनेप्लिज २०७७ साउन १७ गते १५:११ मा प्रकाशित

१७ साउन । नेपाल मेडिकल एशोसिएशन कोशीले स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीमा सङ्क्रमण फैलिरहेकोले आकस्मिक वाहेक अन्य सेवा बन्द गर्न आग्रह गरेको छविराटनगर।

एशोसिएसनका अध्यक्ष डा फरवार्ड सिलवालले आज प्रेस विज्ञप्ति जारी गर्दै चिकित्सकहरुले घर, टेलिफोन तथा अन्य माध्यमबाट सेवा दिन अनुरोध गरिएको छ।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुमा सङ्क्रमण देखिरहेको वर्तमान अवस्थामा सम्पूर्ण अस्पताल, नर्सिङ्ग होम, मेडिकल कलेज, आँखा अस्पताल, निजी क्लिनिकहरुमा समेत आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु बन्द गरि घर बाटै टेलिफोन तथा अन्य प्रविधि मार्फत विरामीहरुलाई स्वास्थ्य परामर्श प्रदान गरिदिनु हुन विज्ञप्तिमा उल्लेख गरिएको छ।

अध्ययन एवं अनुसन्धानले सङ्क्रमण भएको १४ दिनसम्ममा भाइरस आफैं निष्कृय हुदै जाने देखाएकोले बन्दाबन्दीको पूर्ण पालना गर्न र धैर्यका साथ घरमै बस्न समेत डा सिलवालले आग्रह गर्नुभएको छ।

प्रदेश र विराटनगरमा सङक्रमणको स्रोतको पहिचान नहुने अवस्थाले समुदायसम्म फैलिएको पुष्टि भएकोले स्थिति भयावह हुन नदिन बन्दाबन्दी कार्यान्वयनमा सहयोग गर्न सवैसँग उहाँले आग्रह गर्नु भएको छ।

प्रतिक्रिया