‘बल्ल बल्ल भेट भो’बोलको म्युजिक भिडियो सार्वजनिक

इनेप्लिज २०७७ साउन १६ गते २१:२९ मा प्रकाशित

काठमाडौं । कोरोनाका कारण नेपाली चलचित्र क्षेत्र चार महिनादेखि ठप्प छ । चलचित्र क्षेत्र ठप्प रहेपनि म्युजिक भिडियोको छायाँकन भईरहेको छ । भिडियोहरु सार्वजनिक भईरहेका छन् । चलचित्रमा चलेका केही कलाकारहरु म्युजिक भिडियोमा व्यस्त देखिएका छन । लकडाउन खुकुलो भएसंगै अभिनेता दयाहाङ राईले केही म्युजिक भिडियोमा काम गरिसकेका छन् ।

उनी अभिनित एक म्युजिक भिडियो शुक्रबार मात्रै सार्वजनिक भएको छ । मिलन चाम्सको निर्देशनमा तयार ‘बल्ल बल्ल भेट भो’बोलको म्युजिक भिडियामा अभिनेता दयाहाङले निरञ्जली लामासंग कम्मर मर्काएका छन् । साथमा क्षितिज सुवेदीलाई भिडियोमा हेर्न सकिन्छ । दीपक शर्माको शब्द/संगीत रहेको यो गीतमा दीपा लामा र तेम्बा शेर्पाले स्वर दिएका छन् । कविराज गहतराजको कोरियोग्राफीमा धुलिखेलको मनोरम दृश्यमा सुदीप बरालले भिडियोको छायाँकन गरेका हुन् ।
भिडियोलाई धु्रवराज पराजुलीले सम्पादन गरेका छन ।

प्रतिक्रिया