अमेरिका कोरोना भाइरसबाट पहिलो कुकुरको मृत्यु

इनेप्लिज २०७७ साउन १५ गते ०:०१ मा प्रकाशित

अमेरिका कोरोना भाइरसबाट पहिलो कुकुरको मृत्यु भएको छ । सामाजिक संजाल ट्वीटरमा खाता भएकी नताशा डालीले उक्त कुरा सार्वजनिक गरेकी छिन् । अमेरिका कोभिड-१९ बाट सबै भन्दा पहिलो जर्मन शेपर्ड बडी नामको कुकुरको निधन भएको हो ।

नताशा न्याट जियोमा सम्पादक हुन् भने उनि बिशेष जनावरहरुको कल्याण, संरक्षण र शोषण सम्बन्धि कलम चलाउदछिन । उनले बडीको बारेमा उस्ले गर्ने गतिबिधिका बारेमा संक्षेपमा चर्चा गर्दै के भएको भनि उल्लेख गरेकी छिन ।

गत मध्ये अप्रिलमा उसको सातौ जन्मदिनमा उसलाई स्वास फेर्न संघर्ष गर्नु परेको थियो । ६ हप्ता पछि बडी अमेरिकामा कोरोना भाइरस कोभिड-१९ लाग्ने प्रथम कुकुर हुन् पुग्यो । जुलाई ११ का दिन उसको मृत्यु भयो भनि लेखेकी छिन ।

बडीलाई लिम्फोमा थियो (एक प्रकारको अबुर्द रोग -क्यान्सर ) यसले उसको मृत्यु हुनु भन्दा ठीक पहिले भोग्नु पर्ने लक्षणहरूबारे बताउँदछ भनि लेखिएको छ ।

अहिले सम्म बडीको परिचय उनको संक्रमण र यस मामला सम्बन्धि विवरण, र उनको मृत्यु सार्वजनिक गरिएको थिएन।

प्रतिक्रिया