अबको चुनावमा कांग्रेस पहिलो पार्टी बन्ने थापाको घोषणा (भिडियो सहित)

इनेप्लिज २०७७ साउन १४ गते १०:४० मा प्रकाशित

काठमाडौं, १४ साउन । हिजोमात्रै कांग्रेस प्रवेश गरेका पूर्वमन्त्री सुनिल बहादुर थापाले राप्रपाले दोधारे नीति अवलम्बन गरेकोले आफूले पार्टी परित्याग गरेको स्पष्ट पारेका छन् । मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा थापाले यस्तो बताएका हुन् । कांग्रेस प्रवेशलगत्तै उनले पत्रकार ऋषि धमलासँगको कुराकानीमा उनले राप्रपाले जनता झुक्याउने काम गरेको र अग्रगामी छलाङ नहानेकोले पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको स्पष्ट पारेका हुन् ।

रिपोर्टर्स नेपाल बाट (https://www.reportersnepal.com/2020/07/456571

प्रतिक्रिया