किर्तिमानी गीतकार डिआरको छक्कै परेंमा आस्मा र सरोज

इनेप्लिज २०७७ साउन १४ गते १०:१५ मा प्रकाशित

काठमाडौं, १४ साउन,

गीत लेखेरै गिनिज अफ वल्र्ड रेकर्डमा आफ्नो नाम लेखाईसकेका गीतकार डा. डिआर उपाध्यायले आफ्नो नयाँ गीत छक्कै परें…को भिडियो बुधबार दर्शकमाझ ल्याएका छन् । यो गीत बिष्णु भट्ट र बिना भट्टराईको स्वरमा रहेको छ।जसमा बिष्णु भट्टकै संगीत छ।

गीतकार उपाध्यायले यसपटक आफ्ना यो गीतको भिडियोमा निकै मेहनत गराएका छन् । गीत लेखेर नै गिनिज अफ वोर्ल्ड सहित विश्वका १५ वटा विश्व रेकर्ड बनाएका उपाध्ययको बिगतको गीतको भिडियो भन्दा यो भिडियो केही पृथक बनेको छ।

गीतको भिडियोमा कार्टुन क्रुका जोडी सरोज अधिकारी र आश्मा विश्वकर्माको आकर्षक नृत्य छ । डान्सिङ जनराको यो गीतमा यी दुई जोडीले विभिन्न नृत्य कलाकारका साथ  डान्स प्रस्तुत गरेका छन् ।ठेट नेपाली शब्दहरुको प्रयोग गरिएको गीत रोमाञ्चक बनेको छ।

यो भिडियोलाई माईकल स्टेप अप एन्ड आर्टस् एकेडेमीका सञ्चालक कोरियोग्राफर माईकल चन्दले निर्देशन गरेका छन् । उनले गीतमा सरोज र आस्मालाई नृत्यको फरक फरक स्टेपमा प्रस्तुत गरेका छन्।

उत्सब दाहालले खिचेको यो भिडियोमा सिलन लम्सालको सम्पादन छ । यो गीतको भिडियोलाई डिआर म्युजिक एन्ड क्रियसनको युट्युव च्यानलबाट रिलिज गरिएको छ ।

प्रतिक्रिया