सुन्नु होला दिदी -बहिनि,सुन्नु होला दाजुभाई
मेरो मनको बेदना पोख्छु सबैलाई
कसैलाई नि नभनेर मनमा लुकाई राखेथे
छिया-छिया मन हुँदा नि बाहिर हासेथे
मेरो आमा बिरामी छन् ,सात समुन्द्र पारीमा
चिन्ता लाग्छ केही हुन्छ की महामारीमा
सासु आमा होइसिन्छ नब्बे बर्ष काटेकी
पिडा हुन्छ यी कुराले छैन ढाटेकी ,
टिकट थियो नेपाल जाने मार्च पन्ध्र गतेको
कोरोनाको प्रकोप बढ्यो भताभुङ्गै भो
कोरोना त् शत्रु बनि आयो सवको जीवनमा,
नेपाल जान पाइन् मन छैन ठेगानामा
मन त् सवको रुन्छ होला ,यो सवैको मर्म हो
छुट्टिएर टाडा बस्ने मेरै कर्म हो
साथीभाई दिदीबैनी कमाएछु आमा झैँ
तर आमाको कोख झैँ त् हुन्न बरिलै
अमेरिका स्वर्ग जस्तो भन्ने कुरा सुनिन्छ
तर मातृभूमि जस्तो कहा पाइन्छ
सत्र बर्ष भइ सकेछ यो देशमा पसेको
कुनै तीज नै छैन मेरो नरोई बसेको
दिदीबहिनी जम्मा भइ हास्दै नाच्दै गाइन्थ्यो
अब त्यस्ता अवसर कहिले पाइन्छ
आमासँग तीज मनाउने ठूलो रहर
तर सोचे जस्तो कहाँ हुने रै छ
कति समय लाग्छ होला यो संक्रमण रोक्नलाई
भोलि पल्टै जान्थे म आमा भेट्नलाई
कहिलेकाही त जागाराम हुन्छु निन्द्रा सबै हराउछ
रातमा फोन बज्दा पनि मन डराउछ
दिदि बहिनि सबैजना नेपालमै रमाउनी
म त् यता कल्पनामा आँशु बगाउनी
अठासीको हाम्रो बुवा आशिर्वादको खानी हो
बाटो खुला भएपछि भेट्ने जानी हो
मैले सेवा गरेकी छु अरुका बाउ आमालाई
हाम्रो जिम्मा दिएको छु भगवानलाई
मनको बेदना पोखे मैले हल्का होला मनमा
सवै प्यारा महानुभावलाई हार्दिक नमन )४
प्रतिक्रिया