विराटनगर महानगरका १६ सहित प्रदेश नं. १ मा २१ सङ्क्रमित

मनोज दाहाल २०७७ साउन १३ गते २१:५० मा प्रकाशित


मनोज दाहाल,

विराटनगर, १३ साउन । प्रदेश नं. १ को राजधानी विराटनगर महानगरपालिमा १६ सहित प्रदेशमा २१ जना सङक्रमित आज थपिएका छन्।

सामाजिक विकास मन्त्रालयका अनुसार मोरङमा १७, झापामा तीन र ओखलढुङ्गामा एक जनामा सङ्क्रमण पोजेटिभ देखिएको जनाएको छ।

विराटनगरमा पाँच महिला सहित १६, कटहरीमा एक महिला, झापाको झापा गाउँपालिकामा दुई , विर्तामोडमा एक, ओखलढुङ्गा जिल्लाको सिद्धिचरणमा एक जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको छ उक्त सङ्ख्या १९९ महिला सहित ८२३ जनाको पीसीआर परीक्षण गर्दा छ महिला सहित २१ जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिनु भयो। प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९६६ पुगेको छ । प्रदेश अहिलेसम्म ४० हजार ८४१ जनाको पिसीआर परीक्षण भैसकेको छ।

मनोज दाहाल

पत्रकार

प्रतिक्रिया