” संसारले शान्ति खोजेको छ”

कमला प्रसाईं, हाल न्यूयोर्क, अमेरिका २०७७ साउन १३ गते २१:०६ मा प्रकाशित

संसारकै सडक अनि गल्लिहरुमा
आज त्यो गाउँवस्ती भेटिएन्
ठुला-ठुला ती महलहरुमा पनि
त्यो शान्ति किन भेटिएन्!

जताततै आज किन शान्तिको खोजीको मात्र चर्चा छ,
धर्म अनि संस्कृतिलाई बेच्ने हुलहरुको मात्र बजार छ
हत्या, हिंसा , मारकाट अनि बलात्कार मात्र बढ्दो छ
मानव जीवनका लाशहरुको पहाड मात्र किन चढ्दो छ।

आजभोलि जताततै मनहरु भत्किएका छन्
धेरै निर्दोषका मनहरु किन यसरी जलिरहेका छन्!
दिन- दहाडै सिउँदोका सिन्दुरहरु पुछिएका छन्
अनगिन्ति वृद्धहरु बेसहारा बन्दै गएका छन्
बालकहरु दिनदिनै टुहुरा भएका छन।

धर्ती चट-चट गर्दै चर्किरहेकी छिन्
आकाशमा बादलहरु मडारिरहेका छन्
शान्तिले शान्तिका लागि बसाइँ सर्न खोजिरहेका छन्
हरेकका मनहरुमा शान्तिको मृगतृष्णा बढिरहेछन्
शान्ति- शान्ति – शान्ति – शान्ति ।।।।
केवल शान्तिको खोजीमा मात्र मन भौंतारिरहेछन्
केवल शान्तिको खोजीमा मात्र मन भौंतारिरहेछन्

-कमला प्रसाईं, हाल न्यूयोर्क, अमेरिका

 

प्रतिक्रिया