समिर आचार्यले ल्याए प्रिती आलेलाई मौलिक गीतमा (भिडियो सहित)

इनेप्लिज २०७७ साउन १३ गते १०:४९ मा प्रकाशित

राजु बोहरा–काठमाडौँ । प्रसस्त मात्रामा नेपालि नारीहरुको महान चाड हरितालिका तीज २०७७ लाई लक्षित गर्दै तीज गीतबजारमा आइरहेको अहिलेको अवस्थामा अर्को एक गीत पनि थप भएको छ । विकृतिजन्य गीतहरुको भिडमा कोरोना भाइरसको कारण यस बर्षको तीज पर्ब आफ्नै श्रीमान संग मनाउने भाव प्रस्तुत गीतमा समाबेस गरिएको छ । “यस बर्ष तीजमा बुढी संगै ब्रत बस्ने हो” नाम बजारमा आएको गीत समिर आचार्यको प्रस्तुतिमा रहेको छ ।

गायिका प्रिती आलेले बिभिन्न युवावर्ग लक्षित गीतहरुबाट विवाद खेपी रहंदा यस गीतले भने उनलाई केहि हद सम्म सुरक्षित राख्न सफल हुने देखिन्छ । प्रीतिको साथमा समिर आचार्यको पनि यस गीतमा सुमधुर स्वर सुन्न सकिन्छ । गायक समिर अहिले प्रबासमा रहेका छन् । त्यहाँ रहेर पनि नेपाली गीत संगीत क्षेत्र सम्वृद्धिको लागि उनको यो भूमिकाले अवस्य पनि महोत्वपूर्ण टेवा पुग्ने छ भन्ने कुरामा दुई मत छैन ।

माथि उल्लेखित गीतलाई लय प्रस्तुतकर्ता एवं गायक समिर आचार्यले नै भनेका हुन् भने शब्द भानुभक्त कटुवालको रहेको छ । समिर आफ्नो यो प्रस्तुतिलाई माया गरिदिएर आगामी दिनमा अझै उत्कृष्ट सिर्जना बजारमा ल्याउन उर्जा प्रदान गरिदिनुहुन सम्पूर्ण श्रोता तथा दर्शकहरुमा अनुरोध गरेका छन् ।

नेपाली मौलिकतामा धारित यस गीतको म्युजिक भिडियोमा करिश्मा ढकाल र शिब खड्काको आकर्सक नृत्य सहितको अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन PRATEEK NGESYUR ले गरेका हुन् भने छायांकन तथा सम्पादन सुर्य लामाले गरेका छन् । हामी यस गीत संग सम्बन्धित सम्पूर्ण कलाकारहरुमा सफलताको शुभकामना ब्यक्त गर्दछौं ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया