आइतबार, साउन २५ २०७७
काठमाडौं ०७:५६
वासिङटन डिसी 22:11

लौरो

-सुशील नेपाल २०७७ साउन ११ गते १६:०१ मा प्रकाशित

पित्तललाई यत्तिन्जेल सम्हालेर राखेंछु,
भन्थ्यौ,
भन्थ्यौ भ्रममा थिऐं सुनको डल्लो भनेर,
जव काम परो सुनको,मूल्यहीन रहेछ, त्यो डल्लो,
मै संग गुनासो गऱ्थ्यौ,
म जावो काठको लौरो,
मलाई साथ लिएर तिमी बजार
बजारमा भौंतारिएर,रनभूल्यमा जसै पर्थ्यौ,
मैले नै टेवा दिन्थें तिम्लाई,
तिम्रो असमर्थताको मैले कैले गिल्ला गरीन,
मूल्य विहीन पित्तलले झस्काई रह्यो,
तिम्लाई,
सवै टल्केका कुरा,
साच्ची सुन हैन रैछन भन्थ्यौ,
म संग गुनासो गरथ्यौ
पछि जस्लाई तिम्ले काम लाग्दैन भनेर,
फ्यांकेका थियौ,
हो म त्यही लौरो हूं ।

२.

मैले लामो यात्रामा तिम्रो साथ दिएँ,
उकालो ओरालो गरें
तिम्रो स्वाॅसको प्रवाहमा,
म छेऊं मै सुस्ताई रहें,
कि त तिम्रो छायॅा थियो कि मैं थिएं,
तिम्रो साथी,
उफानको खोला तरेको सम्झिन्छौं,
मेरो भरमा परेर तिमी ?
खोला तरे पछि म चाहिएन तिम्लाई
हुत्त झाडीमा फ्यांकिदियौं,
तिमीले खोला तऱ्यौ,
तर मलाई विर्षि दियौ,
हो म त्यही लौरो हूँ ।

३.

तिमी जुरूक्क उठ्यौ,
हिंडन खोज्यौ,
लगलग कापे तिम्रा गोडा,
म झाडीवाट रमिता हेरेर मुसुमुसु
हांसी रहे,
मलाई टीठ लाग्यो तिम्रो वाध्यता माथि,
सोध्न चाहन्थें तिमीलाई,
म नभई चल्छ त तिम्रो यो यात्राको
अभियान,?
फेरि के सोच्यौ कुन्नी र मलाई खोज्न थाल्यौ,
म त्यहीं छेंऊको झाडीमा निथुर्क्क भिजेर,
पछारिएको थिऐं,
तिमीले मलाई टपक्क टिप्यौ र
अघाडिको वाटो लाग्यौ,
म चूपचाप तिम्रो साथ लागें
हो म त्यही लौरो हूं ।

-सुशील नेपाल

राजमित्र प्रांगण,
माल्डेन,
अमेरीका ।

प्रतिक्रिया