नाग पञ्चमीको महत्व यस्तो रहेछ, नागलाई खुसी पार्न कसरी पुजा गर्ने ?

इनेप्लिज २०७७ साउन ११ गते ११:५६ मा प्रकाशित


नेपाल बहुजाति, बहुभाषी र बहुसंस्कृति भएको मुलुक हो । नेपाली संस्कृतिमा मानिसको मात्र होइन पशुपन्छी र जीवजन्तुको पनि उत्तिकै महत्वपूर्ण स्थान रहेको छ । विभिन्न चाडपर्व, जात्रा नेपाली समाजको पहिचान हो ।

यस्ता विशेष पर्वहरूमा नागपञ्चमी पनि एक हो । हरेक साउन शुक्लपक्ष पञ्चमीलाई हिन्दू धर्मालम्बीहरूले नागपञ्चमीको रूपमा मनाउँछन् नागलाई सहकालको देवताको रूपमा मानिन्छ।नाग प्रसन्न भएमा पानी पर्छ भनिन्छ।त्यसैले पानीको मुल फुट्दा पानीसँगै कहिलेकाहीँ नागहरू पनि देखिन्छन्।

हाम्रो समाजमा नागसम्बन्धी विभिन्न कथा कहानीहरू सुन्न पाइन्छ।यदि पानीको मुहान वरपर फोहर गरेमा घाउ खटिरा आउँछ भन्ने मान्यता रहेको छ । त्यसैले नागलाई विशेषरूपमा पुजिन्छ । यसरी नागको पूजा गर्दा अगस्त्य, पुलस्त्य ऋषिहरूलाई पनि सम्झना गर्नुपर्ने धार्मिक मान्यता रहेको छ । साधारणरूपमा नागका ८ खलकहरू छन् भनी विभिन्न पौराणिक पुस्तकहरूमा उल्लेख गरिएको छ । ती यसप्रकार छन् : अनन्त, बासुकी, पद्य, महापद्य, तक्षक, कुलीर कर्कोट र शङ्ख हुन् ।

यसै विषयमा हामीले नाग पञ्चमी अबसरमा केदारेश्वर महादेव मन्दीरका पिठाधिश लेखनाथ आचार्यसंग नागपञ्चमीको को महत्व र नागलाई खुसी पार्न कसरी पुजा गर्ने ? भन्ने विषयमा कुराकानी गरेका छौँ । हेर्नुहोस ।

प्रतिक्रिया