हेम र जमुनाले ल्याए नाच्न आकी छु…
काठमाडौं, ९ साउन,
काठे गीतमा आफ्नो छुट्टै परिचय बनाएका कलाकार गायक हेम श्रेष्ठले यतीबेला नयाँ तीज गीत दर्शक श्रोतामाझ ल्याएका छन् । नजिकिँदै गरेको हरितालिका तीज पर्वलाई लक्षित गरेर यसपटक उनले गायिका जुमना श्रीपालीसँग युगल गायनमा नयाँ तीज भाका ‘नाच्न आकी छु…’ बजारमा ल्याएका छन् । उनले यो गीतको भिडियो युट्युवबाट रिलिज गरेका छन्।
गत वर्ष आउ आउ काली नाचौंन…तीज गीत ल्याएका हेमका यस अघि रामेछाप ओखलढुँगा…, नाकको मुन्द्रा…, लिपुलेक कालापानी….जस्ता थुप्रै गीत बजारमा आएका छन्।
यसपालीको नयाँ तीज गीतको संगीत गायक हेम आफैंले सृजना गरेका छन् । यो तीज गीतमा रामकृष्ण थापाको संगीत संयोजन रहेको छ । गीतको शब्द कविता कार्कीले लेखेकी हुन्।यो गीतको भिडियोलाई सर्वसम्मान म्युजिकले युट्युव च्यानलबाट रिलिज गरेको हो।
यो गीतको भिडियोमा शिशिर बुढाथोकीले नृत्य निदेृशन गरेका हुन्।जसमा सागर गौतमको छायाँकन र प्रकाश एसकेको सम्पादन रहेको छ।यो गीतमा प्रकाश तामाङ, सम्झना थोकर, सोफिया र धिरजले अभिनय गरेका छन्।यो गीतको भिडियो निर्देशन प्रकाश क्षत्रीले गरेका हुन्।
टेक्ससकी एक महिलालाई लस एन्जलसमा गाडी दुर्घटनामा परि ५ जनाको मृत्यु भए पछि ६ गणनाको हत्याको अभियोग
अमेरिकाको न्यू मेक्सिको प्रहरीद्वारा पाकिस्तानका मुसलमान पुरुषको हत्याको सम्भावित शृंखलामा चौथो व्यक्तिको पहिचान
ट्रम्पले फ्लोरिडाको उनि बस्ने घरमा एफबीआईले छापा मारेको पुष्टि गरे ,तर उनि त्यहाँ थिएनन
अमेरिकाको क्यानसस शहरमा गाडी चोरेका व्यक्तिले प्रहरीको गाडीमा ठक्कर दिंदा प्रहरीले गोली चलाउदा मृत्यु
अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट १ लाख १७ हजार संक्रमित ,४९४ जनाको मृत्यु
प्रतिक्रिया