‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो सार्बजनिक

इनेप्लिज २०७७ साउन १० गते ११:०८ मा प्रकाशित

संगीतकार अर्जुन पोखरेल र निर्देशक विधान कार्की पछिल्लो समय मिलेको टिमअप हो । यो समुहले लकडाउन अवधिमा सामाजिक दुरी कायम गरेर करिव ४ वटा म्यूजिक भिडियो सार्बजनिक गरिसकेका छन् । कार्की र पोखरेलको टिमले युवा पुस्ताका गायक गायिकालाई गीत सँगै अभिनय पनि गराइरहेका छन् । युवा पुस्ताको रोजाइका गीत संगीत सिर्जना गर्न माहिर मानिने संगीतकार पोखरेल र माया प्रेमको भावमा भिडियो बनाउन सिपालु रहेका निर्देशक कार्कीले निर्देशन गरेको ‘आँखामा बसाउ मलाई’ बोलको गीतको भिडियो शुक्रबार सार्बजनिक भएको छ ।

द डिभाइन म्यूजिकको प्रस्तुति र नेप्सीने कम्पनिकोे निर्माणमा तयार भएको भिडियोमा अहिले चलेका युवा गायक–गायिका किरण भुजेल र अस्मिता अधिकारीले गायन सँगै अभिनय समेत गरेका छन् । माया प्रेमको भाव प्रस्तुत भएको भिडियो फिल्मी सैलिको बनेको छ । नेपाल आइडलमा टप फाइभ प्रतिस्पर्धि भुजेल र पछिल्लो समय पाश्र्व गायनमा अव्वल हुँदै आएकी गायिका अधिकारीको जोडी यो भिडियोमा राम्रो जमेको छ । यिनै गायक गायिकाको अभिनयलाई निर्देशक कार्कीले निखरता बनाएका छन् । यो भिडियो सम्म आइपुग्दा संगीतकार पोखरेल र निर्देशक कार्कीको टिम अप सफल देखिन्छ । युवा पुस्तालाई मनपर्ने खालको भिडियो बनाउन माहिर मानिने निर्देशक कार्कीले भिडियोलाई राम्रो बनाउन कुनै कसर बाँकि नराखेको बताउँछन् ।

निर्देशक कार्की भन्छन् : गायक गायिकालाई उनिहरुकै भावमा सहजरुपमा प्ले गर्न सफल भएको छु । द डिभाइन म्यूजिकको युट्युव च्यानलमार्फत सार्बजनिक गरिएको यस गीतलाई शब्द संगीत र संगीत संयोजन अर्जुन पोखरेलले गरेका छन् । उत्सव दाहालले छायंकन गरेको भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन् । यस अघि यहि टिमले बनाएको मैले बोलेको छैन ढाँटेर गीतको भिडियोले दर्शक श्रोताको मन जित्न सफल भएको छ ।

भिडियो लिंक

प्रतिक्रिया